― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsरविसहितका रास्वपा नेताहरू ‘झरीपछिको इन्द्रेणी’ हेर्न हलमा

रविसहितका रास्वपा नेताहरू ‘झरीपछिको इन्द्रेणी’ हेर्न हलमा


राष्ट्रिय

समाचार.

  • रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेर्न कमलपोखरीस्थित बिग मूभिजमा पुगेका छन्।
  • फिल्म ‘झरीपछिको इन्द्रेणी’ जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको छ र ४ पुसदेखि हलमा रिलिज भएको छ।
  • यो फिल्मले शनिबारसम्म ६२ लाख ६९ हजार नेरु ग्रस कमाएको छ र निर्देशक पाँडेको डेब्यू निर्देशन हो।

काठमाडौँ । सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेर्न कमलपोखरीस्थित बिग मूभिजमा पुगेका छन् । अहिले उनीहरूले आयोजित विशेष शोमा फिल्म हेरिरहेका छन् ।

रविसहित चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी पत्नी निकिता पौडेल, रास्वपा नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, गणेश कार्की लगायत पनि हलभित्र छन् ।

रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका गायक प्रकाश सपुत तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा पनि फिल्म हेर्न पुगेका छन् ।

निर्देशक अर्जुन घिमिरे पाँडेसहित फिल्मका कलाकार पनि त्यहाँ छन् । काठमाडौं महानगरका मेयर समेत रहेका रास्वपा नेता बालेन्द्र शाहले समेत प्रचार गरेको यो फिल्म अहिले हलमा चलिरहेको छ ।

बालेन निकट फिल्मकर्मी तथा कलाकार पाँडेको डेब्यू निर्देशन रहेको यो फिल्म जेनजी आन्दोलनको पृष्ठभूमिमा केन्द्रित छ । रवि र बालेन सहमतिको सूत्रधार मध्येका एक कुमार व्यञ्जनकारले सोमबार बेलुका कूलमान घिसिङलाई सहमतिमा ल्याइसकेपछि फेसबुकमा लेखेका थिए- कस्तो लाग्यो त झरीपछिको इन्द्रेणीको क्लाइमेक्स ?

व्यञ्जनकार र रास्वपा नेता कार्कीले समेत यो फिल्मको लेखनमा सहकार्य गरेका छन् । ४ पुसदेखि हलमा रिलिज भएको यो फिल्मले पछिल्लो शनिबारसम्म ६२ लाख ६९ हजार नेरु ग्रस कमाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More