― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsरमेश बडालको विश्वास- यसअघिका नजिरकै आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ

रमेश बडालको विश्वास- यसअघिका नजिरकै आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ



३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश बडालले संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

पूर्वमहान्यायाधीश समेत रहेका बडालले यसअघि विघटन भएका संसद्का नजीरका आधारमा पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनसक्ने बताए ।

‘नजिरहरूको आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ । हुन त एउटै नजिरले काम गर्दैन,’ उनले बैठकमा आफ्ना कुरा राख्ने क्रममा भने, ‘पछिल्लो विघटन र त्यसमा भएका नजिरको आधारमा पुनर्स्थापना हुन्छ ।’

एमालेले संसद् विघटन असंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा आफ्ना औपचारिक धारणा राख्दै आएको छ ।

अदालतमा संसद् विघटनविरुद्ध ९ वटा रिट दर्ता भइसकेका छन् । एमालेले उक्त रिट निवेदनहरूमा पार्टीको समर्थन रहने जनाएको छ ।





Read More