― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsरनआउटको एक करोड – KhabarHost

रनआउटको एक करोड – KhabarHost



३ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा मा म्याच फिक्सिङको प्रस्ताव भएको खुलेको छ ।

एनपीएल खेल्ने खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ का मगरागडी घर भइ भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।

उनीहरूलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले एनपीएल खेलिरहेका खेलाडीहरूलाई म्याच फिक्सिङको प्रस्ताव गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।

ती अधिकृतका अनुसार यो समूहले एक खेलाडीलाई रन आउट हुन प्रस्ताव गरेका थिए । रन आउट भइदिएबापत ती खेलाडीलाई एक करोड रुपैयाँ दिने प्रस्ताव गरिएको थियो ।

तर ती खेलाडीले मानेनन् । यसबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले यो सबै सूचना लिएपछि म्याचफिक्सिङको प्रस्ताव गर्ने उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूले बेटिङ पनि खेलाउने गरेको प्रहरीले बताएको छ । सामाजिक सञ्जाल ह्वाट्स एप र इन्टाग्राममार्फत सम्पर्क गरी उनीहरूले बेटिङ खेलाउने गरेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

२८ वर्षीय दिलप्रित सिंह र २४ वर्षीया रेविका सिंह ।

अनुसन्धान अधिकृतका अनुसार अहिले पक्राउ परेकी युवतीले नै इन्टाग्राममार्फत एनपीएल खेल्ने ६/७ जना खेलाडीलाई सम्पर्क गरेकी थिइन् । उनले आफूले खेलाडीहरूलाई स्पोन्सर गर्ने गरेको बताएकी थिइन् ।

म्यासेज गरिएकामध्ये एक खेलाडीले ती युवतीलाई जवाफ पनि फर्काएको पाइएको छ ।

त्यसपछि ३० कात्तिकमा ती युवती अर्का युवक दिलप्रितलाई लिएर काठमाडौंमा आएकी थिइन् । काठमाडौं आएपछि रिप्लाई गरेका ती खेलाडीलाई पुन: युवतीले सम्पर्क गरी होटलमा भेट्न बोलाइन् । तर खेलाडीले आफू बाहिर जान नमिल्ने भन्दै आफू बसेकै होटलमा बोलाएका थिए ।

१ मंसिरमा खेलाडी र म्याचफिक्सिङको प्रस्ताव गर्ने युवती र भारतीय युवकबीच भेट भएको प्रहरी अनुसन्धानबाट समेत खुलेको छ । भेटको क्रममा ‘कस्तो स्पोन्सर हो ?’ भन्दै खेलाडीले सोधेपछि उनीहरूले रन आउट भइदिएबापत एक करोड पाउने प्रस्ताव गरेका थिए ।

यस्तो प्रस्ताव आएपछि ती खेलाडीले आफ्नो टिममा यो कुरा सुनाएका थिए । १ मंसिरमा यो सूचना अपराध अनुसन्धान कार्यालय टेकुमा खेलाडीहरूले गराएका थिए । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More