― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsयूएई जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय शुल्क

यूएई जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय शुल्क


राष्ट्रिय

समाचार.

  • यूएई जाने नेपाली श्रमिकलाई प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि १३ हजार ९ सय रूपैयाँभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ।
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्क हटाउन माग गर्दै श्रम मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ।
  • श्रम मन्त्रालयले संघको जानकारीपछि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी कुटनीतिक पहल थालेको छ।

२ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय रूपैयाँ भन्दा बढी शुल्क लिन थालिएको छ । यूएईले भिसा लिनका आवश्यक पर्ने नेपालको ‘प्रहरी प्रतिवेदन प्रमाणीकरण’मा ३ सय ५३ दिराम (१३ हजार ९९५ रूपैयाँ) लिने गरेको हो ।

जेनजी आन्दोलनपछि भिसामा कडाइ गरेको यूएईले पछि भिसा सहज बनाउँदै प्रहरी रिपोर्टको प्रमाणीकरण अनिवार्य गरेको थियो । त्यसका लागि ठमेलस्थित छायाँ सेन्टरमा भीएफएसमा ३५३ दिराम बुझाउनुपर्ने हुन्छ ।

नेपाली श्रमिकले प्रहरी प्रतिवेदन प्रमाणीकरणका नाममा उक्त शुल्क तिर्नुपरेको हो । जेनजी आन्दोलनअघि यूएई जान प्रहरी प्रतिवेदन अनिवार्य थिएन । जेनजी आन्दोलनपछि यूएईले भिसामा कडाई गरेपछि प्रमाणीकरण अनिवार्य गर्दै उक्त शुल्क तोकेको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले श्रमिकलाई थप आर्थिक भार पर्नेगरी प्रहरी रिपोर्ट प्रमाणीकरणको नाममा बढी शुल्क लिने गरेको गरेको बताए ।

संघले प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि तोकिएको शुल्क हटाउन माग गरेको छ । संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो । संघको ध्यानाकर्षणपछि श्रम मन्त्रालयले कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले संघबाट जानकारी आएलगत्तै परराष्ट्रलाई पत्राचार गरिएको बताए ।
‘संघबाट प्रहरी रिपोर्ट प्रमाणीकरणको शुल्क लिने गरेको विषयमा जानकारी आयो । लगत्तै हामीले परराष्ट्रलाई पत्राचार गरेका छौं । त्यसपछि अहिलेसम्म केही जवाफ आएको छैन्,’ प्रवक्ता घिमिरेले भने ।

संघले शुल्क हटाउन सम्बन्धित पक्षसँग संवाद र पहल गर्न प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठको नेतृत्वमा कार्यदल समेत गठन गरेको छ । संघले नेपालस्थित यूएई दूतावासका अधिकारीहरूसँग छलफल गर्ने जनाएको छ ।

नेपाल र यूएईबीच सन् २०१९ मा श्रम सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार श्रमिकका लागि लाग्ने लागत रोजगारदाताले नै व्यहोर्नुपर्छ । तर, त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन् । जसले गर्दा श्रमिकहरूमाथि आर्थिक भार थपिँदै गएको छ ।

यूएईले यसअघि सन् २०१८ मा प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि आवेदन संकलन गर्न काठमाडौंस्थित याक्का ट्राभल एन्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई जिम्मा दिएको थियो । त्यसको विरोध भएपछि उक्त व्यवस्था हटाइएको थियो ।

प्रहरी रिपोर्टलाई परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेर सोही आधारमा भिसा लिने गरिएको थियो । त्यसका लागि ५ सय रूपैयाँ शुल्क थियो । अहिले उक्त रिर्पोट भीएफएसमार्फत प्रमाणीकरण गर्नका लागि पठाउनुपर्ने र त्यसका लागि ३५३ दिराम शुल्क तोकिएको हो ।

‘पहिले पुलिस रिपोर्ट ‘क्युआर’ सहितको जेनेरेट भएर आउँछ, त्यसपछि फेरि जुन मेलमा आउँछ, त्यसलाई भेरिफाइ गर्न ३५३ दिराम रकम तोकिएको हो,’ डिम्दोङले भने ।

सामान्यता २/३ दिनमा आउने प्रहरी रिपोर्ट अहिले प्रमाणीकरणका लागि कम्तिमा दुई साता लाग्ने गरेको उनको भनाइ छ ।

एकातिर भिसामा कडाइ गर्दा श्रमिकहरू जान सकिरहेका छैनन् भने अर्कोतिर चर्को शुल्क लिएर श्रमिकमाथि आर्थिक भार थुप्रिरहेको छ ।

यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको शुल्क ६ हजार ५ सयबाट बढेर ९ हजार ५ सय पुर्‍याइएको थियो भने वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पुर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि ७ सयबाट २ हजार १ सय पुर्‍याइएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More