― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsयूएईसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल – KhabarHost

यूएईसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल – KhabarHost


राष्ट्रिय

समाचार.

  • आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालले यूएईसँग अन्तिम खेल खेल्दैछ, जुन दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ।
  • नेपालले जारी शृंखलामा लगातार तीन हार बेहोरेको छ र आज सान्त्वना जित निकाल्ने लक्ष्यमा छ।
  • नेपालले प्लेइङ ११ मा आरिफ शेखको स्थानमा अनिल साह र ललित राजवंशीको स्थानमा शाहब आलमलाई मौका दिने सम्भावना छ।

१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।

यस खेलका लागि नेपालले प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना पनि छ । नेपालका लागि ओडिआईमा भरपर्दो मानिने आरिफ शेखको ब्याटबाट यो शृंखलामा रन बनिरहेको छैन । उनको स्थानमा टोलीमा अनिल साहले मौका पाउन सक्छन् ।

त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले किफायती बलिङ गरेपनि विकेट भने निकाल्न सकेका छैनन् । उनको स्थानमा शाहब आलमले मौका पाउने सम्भावना छ ।





Read More