― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest news‘युरोप टूर’ मा निस्किए खेम सेन्चुरी, कहिले-कहाँ दिँदैछन् प्रस्तुति ?

‘युरोप टूर’ मा निस्किए खेम सेन्चुरी, कहिले-कहाँ दिँदैछन् प्रस्तुति ?


राष्ट्रिय

समाचार.

  • गायक तथा संगीतकार खेम सेन्चुरी झन्डै १ महिना लामो ‘रमाइलो युरोप टूर’ मा निस्किएका छन्।
  • उनले २० डिसेम्बरमा पोर्चुगलको लिस्बनबाट सुरु गरी विभिन्न युरोपेली देशमा प्रस्तुति दिने तालिका छ।
  • सेन्चुरी ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनका कोच हुन् र टूर क्रिसमस र नयाँवर्ष २०२६ को छेकोमा आयोजना हुँदैछ।

काठमाडौं । गायक तथा संगीतकार खेम सेन्चुरी झन्डै १ महिना लामो ‘युरोप टूर’ मा निस्किएका छन् । शुक्रबार बेलुका मोडल ओबी रायमाझीसहित उनी त्यता उडे ।

‘रमाइलो युरोप टूर’ नाम दिइएको उक्त कार्यक्रम २० डिसेम्बरमा पोर्चुगलको लिस्बनदेखि सुरु हुने तालिका छ ।

२१ डिसेम्बरमा फ्रान्स, २२ डिसेम्बरमा नर्वे, २३ डिसेम्बरमा फिनल्याण्ड, २४ डिसेम्बरमा चेक रिपब्लिक, २७ डिसेम्बरमा माल्टा, २८ डिसेम्बरमा ग्रीसको एथेन्स र २९ डिसेम्बरमा बेल्जियममा उनले प्रस्तुति दिने तालिका छ ।

सेन्चुरी टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनका कोच हुन् । उनको युरोप टूर क्रिसमस र अंग्रेजी नयाँवर्ष २०२६ को छेकोमा हुन लागेको हो ।





Read More