― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsयुद्ध लड्ने रोबोट कुकुर बनाउँदै चीन – KhabarHost

युद्ध लड्ने रोबोट कुकुर बनाउँदै चीन – KhabarHost


तस्वीर : एआई



प्रविधिको विकाससँगै युद्धका तरिका तथा हतियारहरू पनि बदलिइरहेका छन् । भविष्यमा पारम्परिक हतियार तथा उपकरणबाट होइन कि रोबोट तथा एआई प्रविधियुक्त रोबोटिक ड्रोन र कुकुरबाट युद्ध लडिनेछ ।

चीन अहिले यस्तै अत्याधुनिक एआई सञ्चालित हतियार निर्माणमा जुटेको छ । उसको प्रतिष्पर्धा अमेरिकासँग छ, जसले एआई क्षमतायुक्त स्वचालित ड्रोनको फौज तयार गरिरहेको छ । यस्तोमा चीनले चाहीँ एआई प्रविधि जडित रोबोटिक कुकुर तयार पार्दैछ, जसले भविष्यमा शत्रु पक्षका सैनिकसँग युद्ध गर्नेछ ।

रोयटर्सका अनुसार चीनको सरकारी रक्षा कम्पनी नोरिन्कोले गत फेब्रुअरीमा एउटा सैन्यवाहन तयार पारेको छ । यसले ५० किलोमिटर प्रतिघण्टाको गतिमा स्वचालित रुपमा बख्तरबन्द अभियान चलाउन सक्नेछ । यो चिनियाँ एआई डीपसीकबाट चल्नेछ ।

चीनमा सैन्य अभियानमा एआई एप्लिकेसनको प्रयोगसँग सम्बन्धित सयौं शोधपत्र, पेटेन्ट तथा खरिद रेकर्डहरूको समीक्षा रोयटर्सले गरेको छ । यसबाट एआई सञ्चालित रोबोट, रोबोटिक एप्लिकेसन तथा ड्रोनको मतले भविष्यको युद्ध लडिनेछ भन्ने विषयमा चर्चा गरिएको छ ।

यस्तै एक दस्तावेजका अनुसार चीनले एआई सञ्चालित रोबोट कुकुर समेत बनाउने तयारी गरिरहेको छ । उक्त रोबोटिक कुकुर समूह बनाएर युद्ध मैदानमा उत्रिनेछ र सम्भाविन लक्ष्यलाई ट्र्याक गर्दै आकासमा उडिरहेको ड्रोनलाई त्यसबारेमा सूचना दिनेछ ।

यसले एउटा वार गेम कन्सोलको जस्तै कमान्ड सेन्टरमा काम गर्नेछ । यस एआईयुक्त रोबोटिक कुकुर र ड्रोनले आफंैले लक्ष्य तथा सम्भावित खतरा पहिचान गरी त्यसको सूचना कमान्ड सेन्टरमा पठाउँछ र त्यहाँबाटै अगाडिको कारवाहीका निम्ति निर्देशन प्राप्त हुनेछ ।

सन् २०२४ मा चिनियाँ जनमुक्ति सेनाले एआई सञ्चालित रोबोट कुकुरका लागि एक प्राविधिक टेन्डर जारी गरेको थियो जसले युद्ध मैदानमा खतराको खोजी गर्न सकोस् र विस्फोटक वा बारुदी सुरुङ जस्ता खतरालाई पन्छाउन सकियोस् । एजेन्सी

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More