― Advertisement ―

‘एक साथ काम गर्ने तरिका खोज्नुहोस्’ – रक्षा र एन्थ्रोपिक विभागलाई सैम अल्टम्यानको सन्देश

सैम एल्टेन्सेन्स र सरकारलाई पिक्सेल एण्टेन्सेन्स र सरकार एआई गभर्नेन्समा सँगैउनले एआई र राष्ट्रिय सुरक्षा निर्णयहरूमा सरकारको अधिकार हुनुपर्छ भन्ने तर्क गरेउहाँले अझै पनि...
Homeखेलकुद़़युगाण्डाका रमजानीले चितवनबाट एनपीएल खेल्ने – KhabarHost

युगाण्डाका रमजानीले चितवनबाट एनपीएल खेल्ने – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • युगाण्डाका अलराउण्डर अल्पेश रमजानी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजबाट खेल्ने भएका छन्।
  • चितवन राइनोजले इंग्ल्यान्डका डेविड मलानलाई नयाँ अनुबन्ध गरेको छ र रवि बोपारा, सोहेल तनभिरलाई पुनः अनुबन्ध गरेको छ।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने छ।

१३ कात्तिक, काठमाडौं । युगाण्डाका अलराउण्डर अल्पेश रमजानीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत रमजानीलाई अनुबन्ध गरेको जनाएको हो ।

३१ वर्षीय रमजानी बाँयाहाते ब्याटिङ तथा बाँयाहाते स्पीन बलिङ गर्छन् । उनले युगाण्डाका लागि ६५ टी-२०आई खेल्दै ८५० रन बनाउँदा १०२ विकेट पनि लिएका छन् । रमजानीले सन् २०२४ को टी-२० विश्वकपमा पनि खेलेका थिए ।

पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले यसअघि इंग्ल्यान्डका डेविड मलानलाई नयाँ अनुबन्ध घोषणा गर्दा अघिल्लो सिजनका  रवि बोपारा र सोहेल तनभिरलाई पुन: अनुबन्ध गरेको छ ।

मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।

अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More