― Advertisement ―

गुगलले एआईलाई सबै कुराको तहमा परिणत गर्दैछ – र एपहरूले कहिल्यै पनि त्यस्तै महसुस गर्न सक्दैनन्

Google ले गुगलसँग अन्तर्क्रिया गर्ने योजनालाई मुख्य रूपमा घोषणा गर्छ/एआईओ। तिनीहरूका फोनहरूAndroid 17 र Gemini ले दैनिक कार्यहरू स्वचालित रूपमा ह्यान्डल गर्नेछन्एपहरू अझै पनि...
Homeयुआईएको अध्यक्षमा राफेल चिउली निर्वाचित – KhabarHost

युआईएको अध्यक्षमा राफेल चिउली निर्वाचित – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • डा. राफेल चिउलीलाई चीनको संघाईमा भएको ९८औं साधारण सभाले निर्विरोध रुपमा युआईएमको अध्यक्षमा पुनः निर्वाचित गरेको छ।
  • नेपाल, मोरक्को, जर्जिया र भियतनामलाई पहिलोपटक युआईएमको साधारण सभाले भोटिङ मेम्बरको रुपमा अनुमोदन गरेको छ।
  • नासा नेपालले वाटर स्पोर्टसको विश्वमहासंघमा प्रवेश गरी पावरबोटिङ विधामा पूर्ण सदस्यता पाएको छ ।

५ कात्तिक, काठमाडौं । वाटर स्पोर्टससंग सम्बन्धित मुख्य खेलकुद‌को अन्तर्राष्ट्रिय महासंघ यूनियन इन्टरनेशनल मोटोनाउटिक-युआईएम (Union Internationale Motonautique -UIM) को अध्यक्षमा डा. राफेल चिउली पुन: निर्वाचित भएका छन् ।

अक्टोबर १२ मा चीनको संघाईमा रहेको सी वर्ल्डस्थित होटल कोडिसमा भएको ९८औं साधारण सभाले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

चिउली एसोसिएसन अफ आइओसी रिकनाइज्ड इन्टरनेशनल स्पोर्टसका समेत अध्यक्ष हुन् । साथै साहि स‌ाधारण सभाले रिक्त बोर्ड सदस्यहरुमन चेक रिपब्लीक र इस्टोनियाका फेडेरेसनहरु निर्वाचित गरेको छ ।

मोनाकोमा हेडक्वार्टर रहेको यूआईएममा वाटर स्पोर्टका इन्जिन-मोटर जडित खेलेका पाँच भन्दा बढी राष्ट्रिय महासंघहरुरु आवद्ध छन्, जसले मोटो-सर्फ देखी फर्मुला वान एचटुओ (F1H20) सम्मका खेलको संचालन गर्दछन् । जसमा जेट स्कि, अक्वा-वाइक, पावरबोटीङ लगायतका पपुलर विश्स्तरिय राष्ट्रिय–अन्तराष्ट्रिय इमेन्टहर पर्दछन् ।

यसपटकको साधारण सभाको सन्दर्भमा वाटर स्पोर्टसको सर्वाधिक महत्वपूर्ण इभेन्ट फर्मुला वान एचटुओ लगायतका थुप्रै इमेन्टहरु सोहि स्थानमै आयोजना भएका थिए ।

त्यसैगरी पहिलोपटक भोटिङ मेम्बरको रुपमा नेपाल सहित मोरक्को, जर्जिया र भियतनाम‌लाई साधारण सभाले अनुमदिन गरेको छ । जसमार्फत नेपाल अटोमोवाइल्स एसोसिएसएन (नासा नेपाल) पहिलोपटक वाटर स्पोर्टसको विश्वमहासंघमा प्रवेश गरेको छ ।

साधारण सभामा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले महत्वपूर्ण सम्बोधन समेत गरेका थिए ।

पावरबोटिङमा नेपालको प्रवेश र पूर्ण सदस्यतालाई महत्वपूर्ण रुपमा यूआईएम नेतृत्व र सम्पूर्ण सहभागीले लिएका थिए । जसको पारिणाम स्वरूप नासा नेपालले आगामी साधारण नेपालमा गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको र यसलाई कार्यसमितिको आगामी बैठकले निर्णय गर्ने नासा नेपालले जनाएको छ ।

मोटर स्पोर्टसको एक महत्वपूर्ण उपलब्धीपश्चात अब नासा नेपाल वाटरस्पोर्टसको महत्वपूर्ण विधा पावरबोटिङदउ प्रवेश गरेको छ । यसमार्फत नेपा‌ली साहासिक खेलकुद र पर्यटनमा योगदान दिन समेत प्रतिवद्ध रहेको पनि नासा नेपालले जनाएको छ ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More