― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsयी हुन् टी-२० विश्वकप २०२६ खेल्ने २० टिम – KhabarHost

यी हुन् टी-२० विश्वकप २०२६ खेल्ने २० टिम – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सन् २०२६ को आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टोली टुङ्गो लागेको छ।
  • नेपाल, ओमान र युएईले एसिया-इएपी छनोटबाट विश्वकपमा स्थान बनाएका छन्।
  • विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुनेछ।

३१ असोज, काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिको टुङ्गो लागेको छ ।

ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो ।

बिहीबार भएको सुपर सिक्सको खेलम युएईले जापानलाई पराजित गरेपछि विश्वकपमा छनोट अने अन्तिम (२०औं) टोली बनेको हो । एसिया-इएपी छनोटमा ९ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष तीन टोली विश्वकपमा पुग्ने प्रावधान थियो ।

पुरुष टी२० विश्वकपको १०औं संस्करण २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म (माघ २७ देखि फागुन २४ गते) भारत र श्रीलंकाको विभिन्न मैदानमा हुनेछन ।

२० टिमकै टुङ्गो लागेपछि अब विश्वकपका लागि समूह विभाजन हुनेछ भने खेल स्थलहरू पनि तय गरिनेछ ।

सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा पनि २० टोलीले नै खेलेका थिए । जसमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो ।

हरेक समूहमा ५-५ टोली थिए । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर एटमा पुगेका थिए । यस पटक पनि त्यही फर्म्याटमा टी२० विश्वकप हुनेछ ।

२०२६ को विश्वकपका लागि एसियाबाट सर्वाधिक ८ टोली (भारत, श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, नेपाल, ओमान, युएई) छनोट भएका छन् ।

यस्तै युरोपबाट ४ (इंग्ल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, इटली), अफ्रिकाबाट ३ (दक्षिण अफ्रिका, जिम्बाबे, नामिबिया), अमेरिकाजबाट २ (अमेरिका, क्यानडा), क्यारेबियनबाट १ (वेष्ट इन्डिज) तथा ओसियाना क्षेत्रबाट २ (अष्ट्रेलिया, न्युजिल्याण्ड) टिमले विश्वकप खेल्नेछन् ।

कसरी छनोट भए टिम ?

भारत र श्रीलंका आयोजकको रुपमा स्वत: १०औं संस्करणको टी२० विश्वकपका लागि छानिएका हुन् । भारत साविक विजेता समेत हो ।

यस्तै २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा शीर्ष सातमा रहेका (भारत र श्रीलंका बाहेक) अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेष्ट इन्डिजले पनि स्वत: विश्वकपमा स्थान बनाएका हुन् ।

त्यसपछि आईसीसीको वरीयतामा रहेको शीर्ष टिममध्येबाट आयरल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तानले पनि सिधै विश्वकपमा स्थान बनाए । बाँकी ८ टिमले भने विभिन्न महादेशको छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।

त्यसमा अमेरिका क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्याण्ड्स र इटली छनोट भएका हुन् । यस्तै अफ्रिकाबाट जिम्बाबे र नामिबिया टी-२० विश्वकपमा छनोट भए ।

एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईलले विश्वकपमा स्थान पक्का गरेका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More