― Advertisement ―

‘म दुखी छु’: OpenAI ले ChatGPT-4o बन्द गरेको छ, र रिसाएको प्रयोगकर्ताहरूले यसलाई पुनर्स्थापना गर्न #keep4o अभियानलाई समर्थन गरिरहेका छन्

OpenAI ले आधिकारिक रूपमा असक्षम गरेको छ LOT><liChat माLOT-LiChat प्रयोगकर्ताहरूले यो स्विचको बारेमा भावनात्मक र अप्ठ्यारो महसुस गरिरहेका छन्एक आधिकारिक #keep4o अभियान चलिरहेको छहामीलाई...
HomeLatest newsयस्तो बन्यो राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम

यस्तो बन्यो राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम



३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस १९ गते बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १:०० बजेदेखि दिउँसो २:०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म हुने आयोगले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More