― Advertisement ―

Hostinger ले साना व्यवसाय मालिकहरूलाई सात AI विशेषज्ञहरूमा तत्काल पहुँच दिन्छ, प्रत्येक महिना धेरै महँगो सल्लाहकारहरू भर्ती नगरी हजारौं बचत गर्दछ।

साना व्यवसायहरूमा होस्टिङ व्यवसायहरू प्रदान गर्दछ। कार्यहरूप्रत्येक एआई एजेन्टले एक अनुशासनमा विशेषज्ञता दिन्छ, केन्द्रित विशेषज्ञता प्रदान गर्दछएटलस अनबोर्डिङ एजेन्टले समस्याहरू पहिचान गर्दछ र मिनेटमा...
HomeLatest newsयस्तो छ बायोग्राफी फिल्मको ट्रेलर – KhabarHost

यस्तो छ बायोग्राफी फिल्मको ट्रेलर – KhabarHost


राष्ट्रिय

समाचार.

  • लायन्सगेटले माइकल ज्याक्सनको जीवनकथा समेटिएको बायोग्राफी फिल्म ‘माइकल’ को नयाँ ट्रेलर सार्वजनिक गरेको छ।
  • फिल्ममा माइकलको बाल्यकालदेखि सुपरस्टार बन्नेसम्मको यात्रा र जीवनका उतारचढाव देखाइनेछ।
  • फिल्म २४ अप्रिल २०७९ मा विश्वभर प्रदर्शनमा आउनेछ र ज्याक्सन परिवारको पूर्ण समर्थनमा निर्माण गरिएको हो।

‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा देख्न पाइने भएको छ ।

लायन्सगेटले माइकल ज्याक्सनको बहुप्रतिक्षित बायोग्राफी फिल्म ‘माइकल’ को नयाँ ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा उनको बाल्यकालको ‘ज्याक्सन फाइभ’ समूहदेखि विश्वकै चर्चित सुपरस्टार बन्नेसम्मको यात्रालाई देखाइनेछ ।

फिल्मले माइकलको सांगीतिक जादु र उनको जीवनका विभिन्न उतारचढाव तथा विवादहरूलाई पनि समेट्ने प्रयास गरेको छ ।

फिल्ममा ज्याक्सनको भूमिका उनकै आफ्नै भतिजा जाफर ज्याक्सनले निर्वाह गर्दैछन् । मुख्य कलाकारको रूपमा जाफरको यो पहिलो ठूलो फिल्म हो । फिल्मलाई ‘ट्रेनिङ डे’ र ‘द इक्वेलाइजर’ जस्ता सफल फिल्मका निर्देशक एन्टोनी फुक्वाले निर्देशन गरेका हुन् ।

यसको पटकथा ‘ग्ल्याडिएटर’ र ‘राङ्गो’ जस्ता चर्चित फिल्म लेख्ने जोन लोगनले तयार पारेका हुन् । निर्देशक फुक्वा यस फिल्ममा जाफरको अभिनयलाई लिएर निकै ढुक्क देखिन्छन् ।

उनले पिपुल पत्रिकासँग कुरा गर्दै जाफरको प्रशंसामा यस्तो भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, जाफरले माइकलको स्वरूपलाई पूर्ण रूपमा उतारेका छन् । यो शारीरिक समानताभन्दा धेरै माथिको कुरा हो । जाफरको अभिनयमा माइकलको आत्मा नै झल्किएको जस्तो लाग्छ, जुन एकदमै जादुमयी छ । यो विश्वास गर्नको लागि तपाईंले आफैँले हेर्नुपर्ने हुन्छ ।’

फिल्मको आधिकारिक जानकारी अनुसार यो केवल एउटा चलचित्र मात्र नभई विश्वकै प्रभावशाली कलाकारको जीवन र उनले छोडेर गएको विरासतको चित्रण हो । यसले ज्याक्सनको जीवनलाई संगीतको घेराभन्दा बाहिर गएर हेर्ने प्रयास गरेको छ ।

‘ज्याक्सन ५’ को मुख्य गायकका रूपमा उनको अद्भुत प्रतिभा कसरी पहिचान भयो भन्ने कुरा फिल्ममा देखाइनेछ । एक दुरदर्शी कलाकारका रूपमा उनले विश्वकै सबैभन्दा ठूलो मनोरञ्जनकर्ता बन्नका लागि गरेको अथक प्रयास र उनको सिर्जनात्मक महत्वाकांक्षालाई फिल्मले पछ्याएको छ । दर्शकले माइकलको मञ्च बाहिरको निजी जीवन र उनका केही ऐतिहासिक एकल प्रस्तुतिलाई नजिकबाट नियाल्न पाउनेछन् ।

यो फिल्मलाई ज्याक्सन परिवारको सम्पत्ति हेरचाह गर्ने संस्था ज्याक्सन स्टेटको पूर्ण समर्थन र सहयोगमा निर्माण गरिएको हो । यो लायन्सगेट र जिके फिल्म्सको संयुक्त प्रस्तुति हो । यो फिल्म २४ अप्रिलमा विश्वभर प्रदर्शनमा आउनेछ ।





Read More