― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsयसपालिको ‘पलेँटी’ मा फत्तेमानको सम्झना गरिने – KhabarHost

यसपालिको ‘पलेँटी’ मा फत्तेमानको सम्झना गरिने – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालयको ‘आर’ शालामा नोभेम्बर २८ र २९ मा सांगीतिक कार्यक्रम ‘पलेँटी’ आयोजना हुँदैछ जसमा गायक फत्तेमानको सम्झना गरिने छ।
  • संगीतकार आभासले फत्तेमानसँग लामो संगत भएको बताउँदै निबन्ध-वाचन गर्नेछन् र फत्तेमानका गीतहरू प्रस्तुत गरिनेछन्।
  • पलेँटी कार्यक्रम सन् २००५ देखि सञ्चालनमा छ र यसपटक फत्तेमानको जन्मदिनमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ मा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ ।

संयोगले शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो ।

‘पलेँटी’ मा फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन् ।

फत्तेमान नै किन ? भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्, ‘फत्तेमान दाइसँग हामीले लामो संगत गर्‍यौं । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् । तिनलाई बेलाबखत कोट्टाइ राख्नुपर्छ । जोगाइ राख्नुपर्छ ।’

उनी अगाडि भन्छन्, ‘झन् यसपालि त उहाँको जन्म मितिकै दिन पलेँटी पर्न गयो । त्यसैले गीतहरू मार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो ।’

पलेँटीसँग आफ्नो संगतबारे फत्तेमानले व्यक्त गरेको अभिलेख भेटिन्छ । उनले भनेका थिए, ‘नेपालयले वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा मलाई पहिलोपाली स्टेजमा उतार्‍यो, त्यसबाट मलाई माया गर्ने धेरै श्रोता पाएँ मैले । … फेरि पनि मौका पाऊँ, माया पाऊँ । स्वास्थ्यले साथ दिउन्जेल गाउनेछु ।’

फत्तेमानको पुरानो सोही भनाइलाई उल्लेख गर्दै कार्यक्रम संयोजक आभास भन्छन्, ‘यो कार्यक्रम फत्तेमान दाइप्रतिको माया पनि हो । उहाँ भौतिक रुपमा हामी माझ नरहे पनि सृजनामार्फत जीवित हुनुहुन्छ ।’

पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि संगत सुरु गरेको हो । सन् २००२ को अगस्ट १० तारिख नेपालयले ‘गायक फत्तेमान साँझ’को आयोजना गरेको थियो ।

हालको संसद भवनमा सम्पन्न भएको सो कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो । संगीतकार आभासले नै सो कार्यक्रमको संगीत संयोजन गरेका थिए ।

पलेँटी सन् २००५ देखि सञ्चालन हुँदै आएको लघु-साङ्गीतिक कार्यक्रम हो । पलेँटी अन्तर्गत पनि गायक फत्तेमानले फरकफरक समयमा तीनपल्टसम्म एकल गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीत प्रस्तुत हुनेछन् । जसलाई पलेँटी टिमले हप्ता दिनदेखि अभ्यास गरेर तयार पारेका छन् ।

पलेँटी कार्यक्रम यही नोभेम्बर महिनाको अन्तिम शुक्रबार; २८ तारिख र २९ तारिखको शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने यस कार्यक्रमको टिकट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More