― Advertisement ―

के तपाईको Xbox नियन्त्रकले हालसालै ब्याट्री समावेश नगरी पठाएको थियो? माइक्रोसफ्टले अन्ततः मुद्दालाई स्वीकार गरेको छ र खेलाडीहरूलाई ‘एक पटकको प्रस्ताव’ को साथ क्षतिपूर्ति...

केही Xbox ब्याटर शिपिङ बिना वायरलेस कन्ट्रोलरहरू छन्। महिनाहरूMicrosoft ले अब खेलाडीहरूलाई आफ्नो हराएको वस्तु नि:शुल्क दाबी गर्न "एक पटकको प्रस्ताव" प्रदान गरिरहेको छखेलाडीहरूले...
HomeLatest newsमौसम प्रतिकूलताले घटनास्थल पुग्न सकेन हेलिकप्टर, भोलि मात्रै जाने

मौसम प्रतिकूलताले घटनास्थल पुग्न सकेन हेलिकप्टर, भोलि मात्रै जाने


प्रतीकात्मक तस्वीर



१७ कात्तिक, काठमाडौं । प्रतिकूल मौसमका कारण दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा कठिनाइ भएको छ ।

खोजी तथा उद्धारका लागि काठमाडौंबाट गएको हेलिकप्टर घटनास्थल नपुगी नाँ गाउँमा अवतरण भएको दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरीको उद्धार टोली घटनास्थल तर्फ गएको थियो । काठमाडौंबाट समेत खोजी तथा उद्धारका लागि हेलिकप्टर गएको थियो । तर, प्रतिकूल मौसमका कारण हेलिकप्टर समेत नाँ गाउँमा अवतरण गर्नुपरेको छ ।’

रात परिसकेको र घटनास्थलमा तीव्र गतिमा हावा चलिरहेकाले भोलि मंगलबार बिहानदेखि मात्रै खोजी तथा उद्धारका लागि टोली घटनास्थलतर्फ जाने डीएसपी महतोले बताए ।

नेपाली गाइड सहित सोमबार बिहान ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।

डीएसपी महतोका अनुसार हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी नाँ गाउँमा ल्याइएको छ । अन्य ८ जना भने सम्पर्कविहीन छन् ।





Read More