― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsमोहन बस्नेत मुछिएको मुद्दामा विशेषले माग्यो सर्वोच्चको आदेश – KhabarHost

मोहन बस्नेत मुछिएको मुद्दामा विशेषले माग्यो सर्वोच्चको आदेश – KhabarHost


राष्ट्रिय

समाचार.

  • विशेष अदालतले टेरामक्स खरिद प्रकरणको मुद्दामा सर्वोच्च अदालतको आदेश झिकाउन आदेश दिएको छ।
  • कांग्रेस नेता मोहनबहादुर बस्नेतसमेत जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्चको आदेश पेस गर्न भनेको छ।
  • अख्तियारले २०८१ जेठ १ गते टेरामक्स खरिदमा ३ अर्ब २१ करोड ८३ लाख घोटालाको मुद्दा दायर गरेको थियो।

३ पुस, काठमाडौँ । टेरामक्स खरिद प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतको आदेश झिकाउन आदेश गरेको छ ।

आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले कांग्रेस नेता मोहनबहादुर बस्नेतसमेत जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्चको आदेश पेस गर्न भनेको हो ।

बस्नेतमाथि सञ्चारमन्त्री हुँदा उनीसहितले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

खरिदप्र क्रिया नै रद्द गर्ने गरी दूरसञ्चार प्राधिकरणले ०७६ वैशाख २० गतेको निर्णविरुद्ध भानराइज सोलुसनले सर्वोच्चमा रिट दायर गरेको थियो ।

उक्त मुद्दामा ०७८ वैशाख १४ गते सर्वोच्चले आदेश सुनाएको थियो । उच्चले यो आदेश पनि पेस गर्न भनेको छ ।

 





Read More