― Advertisement ―

HomeLatest newsमोरङ– ५ मा दुई चुनावपछि एमालेका उम्मेदवार – KhabarHost

मोरङ– ५ मा दुई चुनावपछि एमालेका उम्मेदवार – KhabarHost


राष्ट्रिय

समाचार.

  • मोरङ क्षेत्र नम्बर ५ मा एमालेले मनोज अग्रवाललाई उम्मेदवार बनाएको छ र उनले मनोनयन दर्ता गरेका छन्।
  • २०७४ र २०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ मा एमालेले उम्मेदवार दिएको थिएन । वामगठबन्धन तथा जसपाका उम्मेदवारलाई एमालेले समर्थन गरेको थियो ।
  • नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डलले पनि मोरङ क्षेत्र नम्बर ५ मा मनोनयन दर्ता गरेका छन्।

६ माघ, विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार मनोज अग्रवालले मनोनयन दर्ता गरेका छन् ।

यहाँ २०७४ र २०७९ को निर्वाचनमा एमालेको उम्मेदवार थिएनन् । यो पटक एमालेले अग्रवाललाई उम्मेदवार बनाएको हो ।

२०७४ सालमा मोरङ क्षेत्र नम्बर ५ मा वामगठबन्धन हुँदा एमालेले माओवादी उम्मेदवार शिवकुमार मण्डललाई समर्थन गरेर उम्मेदवार उठाएको थिएन ।

यस्तै, २०७९ सालको निर्वाचनमा जसपा नेपालका उम्मेदवार राजकुमार यादवलाई समर्थन गरेको थियो ।

क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डलले पनि मनोनयन दर्ता गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More