― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsमोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल विजयी – KhabarHost

मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल विजयी – KhabarHost


एमाले नेता विनोद ढकाल



१४ मंसिर, विराटनगर । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल नै विजयी भएको छ ।

क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार थिए । उनी सबैभन्दा बढी मत ल्याएर निर्वाचित भए । ढकाल वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा छन् ।

१० औं मोरङ जिल्ला अधिवेशनमा मोरङमा ढकाल समूह नै विजयी भएको थियो ।

आइतबार सार्वजनिक मतपरिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खुला तर्फ ढकाल सर्वाधिक १,५२७ मत पाएका छन् ।

उनकै प्यानलका उम्मेदवार पितकुमार श्रेष्ठले १,२८९, रमेशकुमार पोखरेलले १,२८६ र सत्यनारायण चौधरीले १,२७६ मत प्राप्त गरी विजय हासिल गरेका छन् । युवा तर्फ ढकाल समूहबाट सन्तोष घिमिरे निर्वाचित भए ।

मोरङमा प्रतिनिधिसभाका ६ र एक दलित गरी ७ वटा निर्वाचन क्षेत्र थिए । क्षेत्र नम्बर ४ को पनि मत परिणाम सार्वजनिक भएको छ । सो क्षेत्रबाट ६ प्रतिनिधि मध्ये संस्थापन समूहबाट पाँच जना निर्वाचित भए । एक जना पोखरेल समूहबाट निर्वाचित भए ।

क्षेत्र नम्बर ४ बाट नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, महेशप्रसाद भट्टराई, विमला घिमिरे, गुणावती देवी थारु र राम पोखरेल निर्वाचित भए । भट्टराई इतर पक्षका हुन् । अन्य संस्थापन समूहका हुन् ।

४६ प्रतिनिधि मध्ये ३८ प्रतिनिधि चयनका लागि मतदान भएको थियो । ८ प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए ।





Read More