― Advertisement ―

GTA 6 को कमेडी लेस्टर भ्वाइस अभिनेता अनुसार विगतका खेलहरू जस्तै ‘उस्तै स्प्ल्याश’ बनाउन सक्दैन।

Auto/Gran Jay Klaitz ले GTA 6 एक नयाँ अन्तर्वार्तामा छलफल गरेको छउनले शृङ्खलाको ट्रेडमार्क व्यंग्यात्मक हास्यले २०२६ मा संघर्ष गर्न सक्ने तर्क गरे"यो ठूलो...
HomeLatest newsमेलम्चीको पानी पथान्तरणमा अवरोध नगर्न स्थानीय सहमत

मेलम्चीको पानी पथान्तरणमा अवरोध नगर्न स्थानीय सहमत



२५ कात्तिक, काठमाडौं । विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार राति १५ बुँदे सहमति भएपछि स्थानीयले पानी अवरोध अन्त्य गर्न सहमत भएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससँगै मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणमा भएको अवरोध समाधान भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More