― Advertisement ―

MSI को Stealth A16 ले Ryzen AI 9 HX 370 प्रोसेसर 64GB को DDR5 सँग जोडेको छ र हाल $300 छुट छ

यदि तपाईं गति वा प्रदर्शन गुणस्तरमा सम्झौता नगरी रचनात्मक काम र भारी उत्पादन कार्यहरूको लागि पावरहाउस ल्यापटप खोज्दै हुनुहुन्छ भने, मैले जाँच गर्न लायकको...
HomeLatest newsमेघालयको कोइलाखानी विस्फोटमा खोटाङका एक कामदार बेपत्ता

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका एक कामदार बेपत्ता



२५ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा खोटाङका एक कामदार बेपत्ता भएका छन् । माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई हराएका हुन् ।

रत्न खानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताए । मेघालयमा सँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तले आफूलाई जानकारी दिएको राउतले बताएका छन् ।

खानीमा भेटिएका शवहरू आगोले डढेर चिनिने अवस्था नभएको सँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् । उनका अनुसार, रत्नको नागरिकता, डायरी र मोबाइल भने कोठामै छ । राई रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय गएका थिए ।

विस्फोटमा हालसम्म खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भइसकेको छ । गम्भीर घाइते नरबहादुरको उपचारको क्रममा माघ २३ गते मृत्यु भएको हो । पूर्णबहादुर र सुरेन्द्र एकैघरका दाजुभाई हुन् । मेघालयबाट शव घरमा ल्याउन भने परिवारलाई कठिनाइ भइरहेको छ ।

विस्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङगी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् । मेघालय पुगेका बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल छन् ।

उनीहरू रोजगारी खोज्दै गत पुस ३ गते मेघालय गएका थिए । विस्फोटमा हालसम्म २७ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

दर्जनौं कामदार कोईलाखानीको प्वालभित्रै फसेको अनुमान छ । फसेका कामदारको उद्धार कार्य जारी छ ।

सम्पत्ति कमाउन गएका आफन्त अवैध कोइलाखानीको विस्फोटमा परेपछि बराहपोखरीको सालघारी गाउँ शोकमा डुबेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More