― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsमृतकको संख्या १२८ पुग्यो, २०० जना अझै बेपत्ता – KhabarHost

मृतकको संख्या १२८ पुग्यो, २०० जना अझै बेपत्ता – KhabarHost


राष्ट्रिय

समाचार.

  • हङकङको ताइ पो जिल्लास्थित आवासीय भवनमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ।
  • आगलागीमा २०० जनाको अवस्था अझै अज्ञात छ र उद्धार कार्य समाप्त भएको अधिकारीहरूले बताएका छन्।
  • आईसीएसीले आगलागीको अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएको छ र १३ स्थानमा छापा मारेको छ।

१२ मंसिर, काठमाडौं । हङकङको आवासीय भवनमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ । मृत्यु हुनेमा एक जना अग्नि नियन्त्रक समेत छन् ।

२०० जनाको अवस्था अझै अज्ञात छ । आगो नियन्त्रणमा आएसँगै अधिकारीहरूले उद्धार कार्य समाप्त भएका बताएका चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

हङकङको ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि आगलागी सुरु भएको थियो ।

मर्मतका लागि लगाइएको बाँसको स्काफफोल्डिङबाट आगो अन्य भवनमा समेत फैलिँदा ठूलो मानवीय क्षति भएको छ ।

अचानक आगलागी हुँदा घना बसोबास रहेको भवनमा थुप्रै मानिस फसेका थिए । अधिकारीहरूले आगलागी भएको भवनबाट जलेका १०८ जनाको शव निकालेका छन् भने १६ जनाको शव अझै भित्रै रहेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जिएनले जनाएको छ । ८९ जनाको शवको पहिचान हुन सकेको छैन । ११ जना अग्नि नियन्त्रकसहित ७९ जना घाइते भएका छन् ।

ताइ पो मा रहेको फुक कोर्ट नामक आवासीय क्षेत्रका कूल ८ ब्लकमध्ये ७ वटामा आगलागी भएको थियो । अग्नि नियन्त्रण विभागका प्रमुख एन्डी येउङले आगलागी सुरु हुँदा पनि अपार्टमेन्टका कुनै पनि टावरमा आपतकालीन साइरन नबजेको बताउँदै ठेकेदारहरूलाई कारबाही गरिने बताए । ५०० डिग्रीसम्म तापमान पुगेको भीषण आगलागीका कारण भवनको माथिल्लो तल्लामा समयमै उद्धारका लागि पुग्न नसकिएको उनले बताए ।

वाङ फुक कोर्टका झण्डै २ हजार फ्ल्याटमा ४ हजार ६०० भन्दाबढी मानिसको बसोबास रहेको आठ टावरमा सन् २०२४ को जुलाईदेखि मर्मतको काम भइरहेको थियो ।

बाँसको मचान (स्काफफोल्डिङ) र हरियो जालीले टावरहरू घेरिएको थियो । तर, अधिकारीहरूले हरियो जाली सुरक्षा मापदण्ड अनुसार नै प्रयोग भएको बताउँदै फ्ल्याटको झ्यालमा रहेका अत्यधिक ज्वलनशील पोलिस्टीरिन फोमका कारण आगो चाँडै फैलिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

 एउटा टावरबाट अर्को टावरको दूरी निकै नजिक हुँदा पनि आगो छिटै चारैतिर फैलिएको थियो ।

हङकङमा रहेका धेरै इन्डोनेसियाली नागरिकहरू वाङ फुक कोर्ट जस्ता अपार्टमेन्टका फ्ल्याटहरूमा घरेलु कामदारका रूपमा काम गर्छन् ।

 इन्डोनेसियाका महावाणिज्यदूत युल एडिसन शव पहिचान गर्न शुक्रबार घटनास्थल पुगेका थिए । उनका अनुसार हालसम्म मृतकमध्ये कम्तीमा दुई जना इन्डोनेसियाली नागरिक भएको भेटिएको छ । आप्रवासीको हितमा काम गर्दै आएको एक गैरसरकारी संस्थाका अनुसार भवनमा बस्ने ११९ जनामध्ये ११ जना इन्डानेसियाली घरेलु कामदार अझै बेपत्ता छन् ।

फिलिपिन्सको वाणिज्य दूतावासले पनि एक जनाको मृत्यु भएको र अर्का एक घरेलु कामदार बेपत्ता रहेको जनाएको छ । दूतावासका अनुसार एक जना घाइते भएका छन् र २४ जना फिलिपिनी सम्पर्कमा आएका छन् ।

आगलागीमा मृत्यु भएकाहरूको शोकमा हङकङमा शुक्रबारदेखि सोमबारसम्म राष्ट्रिय र हङकङको झण्डा आधा झुकाइने भएको छ । विदेशमा रहेका नियोगमा समेत झण्डा आधा झुकाउने निर्णय भएको छ ।

अति आवश्यक बाहेक कुनै पनि सार्वजनिक कार्यक्रम नगर्ने हङकङ सरकारको निर्णय छ ।

हङकङका नेता जोन ली का–च्युसहित वरिष्ठ अधिकारी र मन्त्रीहरूले शनिबार बिहान ८ बजे हुने शोक सभामा तीन मिनेट मौन धारणा गर्नेछन् ।

हङकङको भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग (आईसीएसी) ले आगलागीको अनुसन्धानका लागि भन्दै अहिलेसम्म ८ जनालाई नियन्त्रणमा लिएको छ । अपार्टमेन्ट निर्माण कम्पनी विल पावर आर्किटेक्ट्सका परामर्शदातासहित थप ६ जनालाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो ।

आरोपीहरूमा सात जना पुरुष र एक महिला छिन् । पक्राउ परेका मध्ये दुई जना वाङ फुक कोर्टमा निरीक्षणको काम गर्ने विल पावर आर्किटेक्ट्सका परियोजना प्रवन्धक हुन् ।

अन्य दुई जना मर्मतका लागि बनाइएको बाँसको मचान (स्काफफोल्डिङ) कामको सहायक ठेकेदार रहेका छन् भने एक जना विचौलिया रहेको बताइएको छ ।

आईसीएसीले शुक्रबार परामर्शदार्ता र सहायक ठेकेदारका कार्यालयसहित १३ स्थानमा छापा मारेको थियो । आईसीएसीले सम्बन्धित कम्पनीहरूबाट इन्जिनियरिङ कागजात, बैंक रेकर्ड लगायतका फाइल जफत गरेको छ । आगलागीको कारण पत्ता सरकारले अनुसन्धान अघि बढाएको छ ।





Read More