― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsमुसिकोटमा आज सार्वजनिक बिदा – KhabarHost

मुसिकोटमा आज सार्वजनिक बिदा – KhabarHost



१८ कात्तिक, गुल्मी । बैकुण्ठ चतुर्दशी अर्थात् मालिका पूर्णिमा पर्वको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाको वडानम्बर-५ को कुर्घामा मालिका देवीको दर्शन गरी चिच्चाएर वर माग्ने मेला सदीयौंदेखि लग्दै आएको छ ।

मेलाको अवसरमा नगरपालिकाले आज मातहत रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकायहरू बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले बताए ।   मालिका पूर्णिमा धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्वको पर्व हो ।

यस दिन मालिका देवीको मन्दिरमा पूजाअर्चना, व्रत तथा वली, दीपदान गर्ने परम्परा रहिआएको छ ।

मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाँची लगायतका विभिन्न स्थानहरुबाट आज बिहानैदेखि शदालु भक्तजनहरु कुर्घा पुग्ने गरेका छन् ।

मेलाको अवसरमा आज रातभर जागाराम बसेर भोलि बिहान उज्याले नहुँदै पूजा गर्ने प्रचल रहि आएको छ ।





Read More