राष्ट्रिय
समाचार.
- चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको छ।
- समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको भन्दा बढी हो।
- समीक्षा अवधिमा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ।
२५ पुस, काठमाडौं । चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा देखिएको छ ।
मुलुकमा विभिन्न माध्यमबाट भित्रिने रकम र बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति बचतमा रहनुले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी रहेको जनाउँछ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ९८ करोडले बचतमा रहेको छ ।
बढ्दो रेमिट्यान्स तथा निर्यातले शोधनान्तर स्थिति बचतलाई योगदान पुगेको छ । समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्येक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ३ करोड भित्रिएको थियो ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

