― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsमुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग



१४ कात्तिक, जनकपुरधाम । मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीमाथि हातपात र कुटपिट भएको घटनामा संलग्नहरुलाई कारबाहीको माग गरिएको छ ।

मधेश प्रदेश सरकारका एक सय २१ कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको दोषीलाई कारबाहीका माग गरेका हुन् । उनीहरूले कर्मचारीलाई कुटपिट गर्नेघटनाप्रति आपत्ति समेत जनाएका छन् ।

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादलाई लिएर कांग्रेससहित ६ दलका प्रदेश सांसदसहितका नेता कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा पुगेर तोडफोडसँगै केहीले  हातपात गरेका थिए ।

हातपात गर्नेमा लोसपाका पूर्व प्रदेश सांसद परमेश्वर शाह र लोसपाका नेता जितेन्द्र झा रहेको भिडियोमा देखिन्छन् ।

विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

कर्मचारीहरूले कार्यालयको गरिमा र सुरक्षामा प्रश्न उठ्नेगरी भएको यस्तो घटनाले सरकारी कर्मचारीको मनोबलमा आघात पुगेको भन्दै प्रदेश सरकार र प्रशासनलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन् । घटनामा संलग्नलाई कारबाही नभए काम कारबाही ठप्प गर्ने चेतावनी समेत कर्मचारीहरूले दिएका छन् ।





Read More