― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsमुख्यमन्त्री कार्कीका दुवै सहयोगी पराजित – KhabarHost

मुख्यमन्त्री कार्कीका दुवै सहयोगी पराजित – KhabarHost



१४ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता हिक्मतकुमार कार्कीका दुई सहयोगी पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि  छनोटको निर्वाचनमा मुख्यमन्त्री कार्कीका सल्लाहकार र स्वकीय पराजित भएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल सुनसरी क्षेत्र नम्बर १ बाट र झापा क्षेत्र नम्बर ५ बाट मुख्यमन्त्री कार्कीका स्वकिय सचिव कमल पौडेल पराजित भए । दुवै जना युवा कोटामा उम्मेदवार बनेका थिए ।

धरान १ मा युवातर्फ दिवस बान्तवा राई ८८७ मतसहित विजयी बन्दा खनालले २५९ मत पाएका थिए ।  झापा क्षेत्र नम्बर ५ को युवा तर्फबाट पत्रकारसमेत रहेका युवराज पौडेल विजयी भए ।

सुनसरी क्षेत्र नं १ बाट कोशी प्रदेशसभाका दुई सांसद पनि पराजित भए ।

कोशी प्रदेश सांसद रहेका रमेशकुमार बस्नेत र विजयकुमार राई पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भए । सो क्षेत्रबााट खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More