― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsमिस पविसँग एकसाथ देखिएको भिडियो भाइरल भएपछि के भन्छन् हिमाल सागर ?

मिस पविसँग एकसाथ देखिएको भिडियो भाइरल भएपछि के भन्छन् हिमाल सागर ?


राष्ट्रिय

समाचार.

  • गायक हिमाल सागर र मोडल मिस पवि कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा एकसाथ देखिएका फोटो र भिडियो भाइरल भएका छन्।
  • हिमाल सागरले भने, ‘मिस पविसँग फोटो र भिडियो स्टेडियममै भेट हुँदा खिचिएको हो, जोडीको प्रचार गलत छ।’
  • मिस पवि चीनमा कार्यक्रममा सहभागी छिन् र उनीहरूबीच कुनै जोडी सम्बन्ध नरहेको हिमालले स्पष्ट पारे।

काठमाडौं । गायक हिमाल सागर र मोडल मिस पवि अहिले चर्चामा छन् । उनीहरू चर्चामा आउनुको कारण अरु नभइ कीर्तिपुरमा जारी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा एकसाथ देखिएको फोटो र भिडियो भाइरल हुनुले हो ।

क्रिकेट रंगशालामा एकसाथ देखिएका यी दुईको भिडियो, फोटो यतिबेला टिकटक, फेसबुक र इन्स्टाग्राममा भाइरल छ । धेरैले यी दुईलाई जोडीको रुपमा प्रचारप्रसार गरिरहेका छन् ।

यो कुराले हिमाल र मिस पवि दुवैलाई यतिबेला छाडेको छैन । मिस पवि एक कार्यक्रममा सहभागी हुन अहिले चीनमा छिन् भने हिमाल सागर एक म्यूजिक भिडियो छायांकनमा ।

एनपीएलको फोटो भाइरल भएपछि हिमाल सागरलाई हामीले सोधेका थियौं- वास्तविकता के हो ?

उनले मिस पविसँगको फोटो, भिडियो भाइरल भएको बारेमा स्पष्ट पारे । सुदुरपश्चिम रोयल्सको खेल हेर्न आफूहरू बेग्ला बेग्लै त्यहाँ पुगेको र स्टेडियममै मिस पविसँग भएको भेट भएको उनले बताए ।

‘उहाँ कमेडी दरबारको टिमसँगै पुग्नु भएको रहेछ । म एक्लै गेम हेर्न पुगेको थिएँ । सिद्धार्थ बैंकले डिनर कार्यक्रम पनि राखेको रहेछ । सोही अवसरमा भेट भएको हो’ हिमाल सागरले भने, ‘कसैले भिडियो खिचेर हालिदिएछ । अहिले ब्याइफ्रेन्ड र गर्लफ्रेन्ड टाइपले प्रचार गरिएको छ ।’

मिस पवि आफ्नो मिल्ने साथी रहेको र आफूहरू दुवैले केही म्यूजिक भिडियोमा सहकार्य गरेको हिमालले बताए । उनले प्रचारमा आएजस्तो जोडीहरू भएको कुराको खण्डन गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More