― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsमिरज ढुंगाना – KhabarHost

मिरज ढुंगाना – KhabarHost


राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिरज ढु‌गाना । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर



१ कात्तिक, काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले आफू जेनजी अगुवा भएको, वर्तमान सरकार जेनजीले नै बनाएको तर आफू भने त्यसमा नपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने क्रममा ढुंगानाले यस्तो बताएका हुन् ।

उनलाई एक सञ्चारकर्मीले फागुनमा हुने निर्वाचनमा प्रत्यक्ष कार्यकारीमा जान सकिने अवस्था छ ? भन्दै प्रश्न गरेका थिए ।

ती सञ्चारकर्मीले जेनजीले बनाएको सरकार भन्ने अनि सरकारले नै गर्न लागेको निर्वाचनमा आफ्ना मुद्दा पूरा नभइ सहभागी नहुने भन्न मिल्छ भन्दै अर्को प्रश्न गरेका थिए ।

‘तपाईंहरूले सुरुवातमै प्रत्यक्ष कार्यकारी भए हाम्रो सहमति हुन्छ नत्र हुँदैन भन्न किन नसकेको ? अबको संवैधानिक प्रणाली मान्ने भन्ने ? हामी के फागुनमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान सकिने अवस्था छ ?,’ ती सञ्चारकर्मीको प्रश्न थियो, ‘अहिले तपाईंहरूको कुरा के हो ? कि हामीले बनाएको सरकार होइन भन्ने अवस्थामा पुग्नुपर्‍यो । हैन भनेर आफैंले बनाएको सरकारले गर्न लागेको निर्वाचनमा जाँदैनौं भन्नुहुन्छ । यो सरकार कसको हो ?’

जवाफ दिने क्रममा ढुंगानाले भने, ‘हैन यो सरकार जेनजीकै हो । त्यो जेनजीमा म पर्दिनँ । किनभने जेनजी पनि धेरै हुन्छ ।’

उनले पत्रकार सम्मेलनमार्फत आफूहरू संगठित हुनुपर्ने र त्यसका लागि कि त एनजीओ कि त दल खोल्नु आवश्यक रहेको जिकिर गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More