― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
HomeLatest newsमिथिला थाली दक्षिण एसियाकै उत्कृष्ट परिकार – KhabarHost

मिथिला थाली दक्षिण एसियाकै उत्कृष्ट परिकार – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेशनल जियोग्राफीले सेफ सन्तोष साहको मिथिला थालीलाई अन्तर्राष्ट्रिय म्यागजिनमा समेटेको छ।
  • सेफ सन्तोषले स्थानीय सामग्री र परम्परागत विधिलाई आधुनिक शैलीसँग जोडेर नेपाली खानालाई विश्वमाझ चिनाउन मेहनत गरिरहेका छन्।
  • मिथिला थाली अहिले दैनिक ५०० भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ र ललितपुर, काठमाडौँ, जनकपुर र छिट्टै विरगञ्जमा पनि सञ्चालन हुँदैछ।

२६ मंसिर, काठमाडौं। नेशनल जियोग्राफीले सेफ सन्तोष साहको परिकारलाई नेशनल जियोग्राफिक म्यागजिनमा समेटेको छ। नेपाली सेफका रुपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका साहको मिथिला थालीलाई नेशनल जियोग्राफीले फिचर गरेको हो।

नेशनल जियोग्राफिकको म्यागजिनको रिपोर्टअनसार हाल ‘मिथिला थाली’ले अहिले दैनिक ५०० भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । सेफ सन्तोषले स्थानीय सामग्री, घरेलु स्वाद र परम्परागत विधिलाई आधुनिक शैलीसँग जोडेर प्रस्तुत गरेका परिकारहरू नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियताको प्रमाण भएको नेशनल जियोग्राफिकको लेखमा उल्लेख छ।

सेफ सन्तोषले जनकपुर र मिथिला थालीको नाम विश्वमाझ चर्चामा आउँदा निकै खुसी लागेको बताए। ‘आफ्नै ठाउँ र ठाउँको स्थानीय खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा हुँदा निकै खुसी लागेको छ, अन्तर्राष्ट्रिय स्तरको म्यागजिनले मेरो रेस्टुरेन्ट, परिकार र जन्मथलोको प्रशंसा गर्दा गर्व महसुस भएको छ’, सेफ सन्तोषले भने ।

नेपाली खानालाई विश्वमाझ चिनाउन गुणस्तरमा विषेश ध्यान दिँदै आफूले पनि अझै आवश्यक मिहिनेत र परिश्रम गर्दै अघि बढ्न आवश्यक भएको साहको भनाइ छ । साहले आगामी दिनमा पनि नेपाली परिकारलाई विश्वमाझ पुर्याउनको लागि थप मेहनत गर्ने बताए ।

म्यागजिनमा जनकपुरलाई धार्मिक, सांस्कृतिक र पाक–परम्पराले भरिपूर्ण शहरका रूपमा वर्णन गरिएको छ । जनकपुर प्रवेश गरेसँगै देखिने जानकी मन्दिरको भव्यता, त्यसमा देखिने कलाकारिताका साथै तीर्थयात्रुहरूको उपस्थितिलाई समेत उक्त म्यागजिनमा प्रशंसा गरिएको छ ।

म्यागजिनमा मिथिला भोजनलाई दक्षिण एसियाकै उत्कृष्ट स्थानीय परिकारका रुपमा प्रस्तुत गरिएको छ । यसअघि पनि लोन्ली प्लानेट अन्तराष्ट्रिय म्यागजिनमा जनकपुरधामलाई सांस्कृतिक, धार्मिक र खाद्य पर्यटनका लागि उदीयमान गन्तव्यको रूपमा सूचीवद्ध गरिएको थियो ।

सेफ सन्तोष साहले मिथिला थालीलाई जनकपुरमा मात्र सीमित राखेका छैनन् । ‘मिथिला थाली बाइ सन्तोष शाह’ नामबाट, ललितपुरको झम्सिखेल, काठमाडौँको नक्साल र गौशालामा भेज मिथिला थाली सञ्चालन गरिएको छ।

यसका साथै सेफ सन्तोषले जनकुपुरको माछाको स्वाद चखाउनको लागि जनकपुर फिस हाउस भनेर पनि नक्सालमा सञ्चालन गरेका छन् । यस्तै अबको केही महिनामा विरगञ्जमा पनि मिथिला थालीको नयाँ रेस्टुटरेन्ट सञ्चालन गर्ने तयारी रहेको साह बताउँछन्।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More