― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
Homeराष्ट्रिय समाचारमानसिक समस्यासँग जुधिरहेछन् एक तिहाई पाकिस्तानी, उपलब्ध छन् ९० जनामात्र मनोरोग विशेषज्ञ

मानसिक समस्यासँग जुधिरहेछन् एक तिहाई पाकिस्तानी, उपलब्ध छन् ९० जनामात्र मनोरोग विशेषज्ञ



काठमाडौं । पाकिस्तानमा महिलाहरू घरेलु झगडा र समाजमा पहिचान नपाएको कारणले डिप्रेसनको शिकार भइरहेका छन्। युवाहरूबीच भने लागुपदार्थको दुरुपयोग मानसिक स्वास्थ्य बिग्रिनुको ठूलो कारणका रूपमा देखा परेको छ।

हालै मानसिक स्वास्थ्यसम्बन्धी आयोजित एक सम्मेलनले देशको मानसिक स्वास्थ्यको गम्भीर अवस्था उजागर गरेको छ।

आंकडाहरू अनुसार पाकिस्तानको ३४ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मानसिक रोगबाट पीडित छ । गत वर्ष देशमा करिब १ हजार आत्महत्याका घटना दर्ता भएका थिए।

यी तथ्यांक कराँचीमा आयोजित २६औँ अन्तर्राष्ट्रिय मानसिक रोग सम्मेलनका क्रममा सार्वजनिक गरिएका हुन् । सम्मेलनमा आर्थिक कठिनाइ, सामाजिक दबाब र पटक–पटक आउने प्राकृतिक विपत्तिहरूले मानसिक स्वास्थ्य अझ बिग्रिएको निष्कर्ष निकालिएको थियो ।

सम्मेलनमा प्रस्तुत तथ्यांकका आधारमा वैज्ञानिक समितिका अध्यक्ष प्रोफेसर मुहम्मद इकबाल अफरीदीले ‘द एक्सप्रेस ट्रिब्यून’सँग भने, ‘यी तथ्यहरूले  प्रत्येक तीनजनामध्ये एक पाकिस्तानी मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेको देखाउँछ। डिप्रेसन र एङ्जायटी अहिले सामान्यजस्तै बनेका छन्।’

महिलाहरूको सन्दर्भमा विशेषज्ञहरूले बताएअनुसार, घरेलु विवाद, सामाजिक पहिचान नपाउनु, सीमित सशक्तीकरण र समाजको दबाबका कारण महिलाहरू निरन्तर डर र चिन्तामा बस्छन् । यसले उनीहरूमा भावनात्मक तनाव (इमोसनल स्ट्रेस) बढाएको छ।

त्यस्तै, युवाहरूमा लागुपदार्थको प्रयोग बिग्रँदो मानसिक स्वास्थ्यको मुख्य कारणका रूपमा देखिएको छ। साथै, विपत्तिहरू र हिंसात्मक घटनाहरूले मनोवैज्ञानिक आघात (साइकोलोजिकल ट्रमा) झनै बढाइरहेका छन्।

विशेषज्ञहरूको भनाइमा, बारम्बार आउने बाढी र भूकम्प जस्ता प्राकृतिक विपद्‌हरूसँगै आतंकवादका घटनाहरूले पनि जनसङ्ख्यामा नकारात्मक प्रभाव पारेका छन् । ती विपद्‌मा आफ्नो घर गुमाएका हजारौं परिवार अझै पनि मानसिक आघात (ट्रमा) र अनिश्चिततासँग जुधिरहेका छन्।

पाकिस्तानको निरन्तर आर्थिक अस्थिरता र सुरक्षा चुनौतीहरूले नागरिकहरू, विशेषगरी युवा पुस्तामा मानसिक तनाव अझ बढाइदिएको छ । उनीहरू आफ्नो भविष्यप्रति तीव्र निराश महसुस गरिरहेका छन् ।

बढ्दो संकटका बाबजुद पाकिस्तानमा मानसिक स्वास्थ्य सेवाका प्रदायकहरू अत्यन्तै कम छन् । हाल देशको २४ करोडभन्दा बढी जनसंख्याका लागि जम्मा ९० जना मात्र मनोचिकित्सक छन्, जबकि विश्व स्वास्थ्य मापदण्डअनुसार प्रत्येक १० हजार जनामा कम्तीमा एक जना हुनुपर्ने हुन्छ । तर पाकिस्तानमा हाल ५ लाख ५० हजार जनामा एक जना मात्र मनोचिकित्सक रहेको तथ्यांक सार्वजनिक भएको छ ।

सम्मेलनमा सहभागी विज्ञहरूले पाकिस्तानको करिब १० प्रतिशत जनसंख्या नशाको लतमा रहेको बताएका छन् । मानसिक तनाव तथा उपचारविहीन मनोवैज्ञानिक रोगका कारण गत वर्ष करिब १ हजार जनाले आत्महत्या गरेका थिए ।

-एनडीटीभीबाट





Read More