― Advertisement ―

Segway Navimow CEO किन यो यसको रोबोट ल्यान घाँस काट्ने मा ‘विशेषताहरूमा मात्र ढाल’ हुने छैन।

आजका रोबोट ल्यान घाँस काट्नेहरू पहिलेभन्दा धेरै सक्षम छन्। मैले CES 2026 मा धेरैजसो ब्रान्डका नयाँ मोडलहरू हेरेको थिएँ, र त्यहाँ पक्कै पनि केही...
Homeविजनेसमानव तस्करीमा संलग्नको अगुवाइमा अधिकारीले नै खोल्न लगाएका थिए ‘नेवानि जेनजी समूह’

मानव तस्करीमा संलग्नको अगुवाइमा अधिकारीले नै खोल्न लगाएका थिए ‘नेवानि जेनजी समूह’


राष्ट्रिय

समाचार.

  • नेपाल वायुसेवा निगमका पूर्वकार्यकारी अध्यक्ष युवराज अधिकारीले मानव तस्करीको मुद्दा खेपिरहेका निलम्बित कर्मचारीको सहसंयोजकत्वमा नेवानि जेनजी समूह खोल्न लगाएका छन्।
  • नेवानि जेनजी समूहका सहसंयोजक अरविन्द यादव मानव तस्करीमा पक्राउ परेका थिए र उनलाई नेवानिले ३ पुस २०८० मा निलम्बन गरेको थियो।
  • नेवानि कर्मचारी होमनाथ पोखरेल नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा १९ मंसिर २०८० मा पक्राउ परेका थिए।

१८ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का पूर्वकार्यकारी अध्यक्ष युवराज अधिकारीले मानव तस्करीको मुद्दा खेपिरहेका आफ्नै निलम्बित कर्मचारीको सहसंयोजकत्वमा ‘नेवानि जेनजी समूह’ खोल्न लगाएको खुलेको छ ।

नेवानि जेनजी समूहका सहसंयोजक अरविन्द यादव मानव तस्करीमा प्रहरीले पक्राउ गरी हाल मुद्दा खेपिरहेका पात्र हुन् । सोही आरोपमा उनलाई नेवानिले ३ पुस २०८० मा  सेवाबाट निलम्बन गरेको थियो ।

तर, जेनजी आन्दोलनले सत्तापलट नै गरेपछि ‘जेनजी’ का नाममा समूह खडा गरियो भने त्यसले आफूलाई सहयोग गर्छ भन्ने मनसायपछि अधिकारीले नेवानिका केही कर्मचारी प्रयोग गरी समूह नै खोल्न लगाएका थिए ।

सोही समूहको संयोजकमा दीपकजंग ठाकुर छन् भने सहसंयोजकमा अरविन्द छन् । त्यस्तै प्रविण लामिछाने वरिष्ठ सदस्य तथा मनिषा अधिकारी सदस्यसचिव भएको उनीहरूले निकालेको विज्ञप्तिमा छ । अधिकारीले आफूअनुकूल चार जना कर्मचारी प्रयोग गरी नेवानि जेनजी समूह गठन गरेको स्रोतले बतायो ।

‘अधिकारीले आफूलाई फेरि पनि कार्यकारी अध्यक्षमा नियुक्ति दिलाउन लबिङ गर्ने उद्देश्य र आफूले करारमा नियुक्त गरेकाहरूको जागिर जोगाउन आफैंले संरक्षण गरेको मानव तस्कर आरोपी  यादवसहित करारका मान्छे राखेर जेनजी समूह गठन गराएका हुन्,’ नेवानि स्रोतले भन्यो ।

नेवानि जेनजी समूहका संयोजक ठाकुर टेक्निकल समूहको योग्यता नपुगेर ५ तहमा रहेकाले जेनजी बनेर सहयोग गरे ६ तहमा बढुवा गरिदिन्छु भनेर झुटो आशा देखाइ प्रयोग गरेको स्रोतले बतायो ।

नेवानिमा करारका वरिष्ठ सहायक यादवसँगै यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल नक्कली कागजातका आधारमा कागजपत्र बनाएर ‘भिजिट भिसा’ मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा १९ मंसिर २०८० मा पक्राउ परेका थिए ।

अध्यागमन र विभिन्न वायुसेवा कम्पनीका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको र त्यो गिरोहमा नेवानिका यी अधिकारीहरूको पनि संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो

पक्राउ परेकालाई हिरासतमा राखिएको जानकारी प्राप्त भएपछि नेवानिले २७ मंसिरदेखि लागु हुने गरी यी दुई कर्मचारीलाई निलम्बन गरेको थियो । पछि उनीहरू हिरासतबाट छुटे पनि मुद्दा भने चलिरहेको छ ।

जेनजी समूहकी सदस्यसचिव मनिषा अधिकारीलाई पनि तत्कालीन अध्यक्ष युवराज अधिकारीले करारमा भर्ना गरेका थिए । उनी तत्कालीन कार्यकारी अध्यक्ष अधिकारीकै गृह जिल्ला इलाम घर भएकी हुन् । अर्का सदस्य प्रवीण लामिछाने पनि अधिकारीले नै करारमा राखेका कर्मचारी हुन् ।

जेनजी समूह घोषणा गर्दै उनीहरूले ९ असोज २०८२ मा निकालेको विज्ञप्तिमा नेवानिलाई भ्रष्टाचारमुक्त बनाउने दलिल पेस गरिएको छ । तर, भ्रष्टाचारका अनेक आरोप लागेका तत्कालीन अध्यक्ष अधिकारीको भने बचाउ गरिएको छ ।

‘नेवानिले चीनको ग्वान्जाओ र अस्ट्रेलियाको सिड्नी नियमित उडानको तयारी तीव्र रूपमा अघि बढाइरहेको विषयलाई विषयान्तर गरी षडयन्त्रमूलक ढंगले नेवानिको छवि धुमिल बनाउन जेनजीको नाममा नक्कली र छद्मभेषी व्यक्तिहरूको गलत क्रियाकलाप बढेकाले हामीले स्वस्फूर्त जेनजी अभियानलाई साथ दिन अघि बढेको कुरा समस्तमा जानकारी गराउँदछौं,’ अधिकारीले खोलेको जेनजी समूहको विज्ञप्तिमा छ ।

यही भनाइबाटै यो समूह पूर्वकार्यकारी अध्यक्ष अधिकारीका लागि लबिङ गर्ने उद्देश्यले गठन भएको स्पष्ट हुन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More