― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeमनोरन्जनमाग्ने बुढा – KhabarHost

माग्ने बुढा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • दीपकराज गिरीले सामाजिक संजालमा ‘हेट स्पिच’को विरोध गर्दै फेसबुकमा स्टाटस लेखिरहेका छन्।
  • केदार घिमिरेले दीपकराज गिरीका फेसबुक पोस्टका स्क्रिनसट सेयर गर्दै उनको समर्थन जनाएका छन्।
  • केदारले आफ्नो चलचित्र प्रदर्शनको बेला विवादमा बोल्न नहुने भनिएपनि गिरीले बोलेको बताएका छन्।

काठमाडौं । दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’को सम्बन्ध आमदर्शकलाई नयाँ कुरा होइन । व्यवसायिकदेखि व्यक्तिगत पक्षमा पनि यी दुईको सम्बन्ध लोभलाग्दो छ ।

‘छक्कापञ्जा’ श्रृंखलामा यी दुईले गरेको सहकार्य आजपर्यन्त छ । केही दिनयता गिरी सामाजिक संजालमा चर्चामा छन् । मंगलबारदेखि एकपछि अर्को गरि फेसबुकमा स्टाटस लेखिरहेका गिरीले सामाजिक संजालमा हुने ‘हेट स्पिच’को विरोध गरिरहेका छन् ।

यस्तोमा, उनीमाथि कतिपयले आक्रोश पनि वर्षाएका छन् । यो सबथोकबीच, उनका साथी तथा व्यवसायिक साझेदार माग्ने बुढा खुलेर सामाजिक संजालमा प्रस्तुत भएका छन् ।

केदारले बुधबार विहान फेसबुकमा दीपकले लेखेका विभिन्न समय र सन्दर्भका फेसबुकका स्क्रिनसट सेयर गर्दै आफ्नो धारणा राखेका छन् । ‘जिसका कोही नहीँ होता है, उसका दीपकराज गिरी होता है’ उनले लेखेका छन् ।

फिल्म रिलिजको बेला विवादित कुरा बोल्न नहुने भनिएपनि आफूले बोलेको केदारले बताएका छन् ।

उनी लेख्छन्, ‘अहिले मैले अभिनय गरेको चलचित्र ‘माग्नेराजा’ प्रदर्शनरत छ । दशैंमा ‘माइतीघर’ आउँदैछ । तिहरामा ‘जेरी अनटप’ आउँदैछ । झन् यस्तो आफ्नो चलचित्र लाग्ने बेला त विवादमा बोल्दै नबोल्नू भन्छन । ठीक छ अहिले केहि बोलिन तर तपाइँ चाहि कस्तो मान्छे जस्तो लाग्छ भने जब कसैलाई ठुलो आपत पर्छ, ठीक त्यहीँ बोल्नुहुन्छ । यसअघि तपाईंले धेरैजनाको सपोर्टमा बोल्नुभो ।’

उनले सेयर गरेका दीपकका फेसबुक पोस्टका स्क्रिनसटमा आफ्नो जन्मदिनमा दीपकले भनेका कुरा, रास्वपा सभापति रवि लामिछाने बारे उनका धारणा, गतवर्ष ‘छक्कापञ्जा ५’लाई वहिष्कार गर्नुपर्छ भन्दै संजालमा चलेको ट्रेन्ड, गायिकाद्धय समीक्षा अधिकारी र एलिना चौहानको पक्षमा भनेका कुरा छन् ।





Read More