― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
HomeLatest newsमाओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय

माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय



१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ ।

आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिए ।

नेता सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ भने राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र राखिने छ ।

एकता प्रक्रियामा रहेका दलका नेताहरुले एकता घोषणा गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेका छन् ।  आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्न भनेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More