― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeराष्ट्रिय समाचारमाइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु – KhabarHost

माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु – KhabarHost



१३ कात्तिक,बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठौलियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिंदा साइकलमा सवार बुटवल–१६ की पार्वती चौधरीकी छोरी दुई वर्षिया कृति चौधरीको मृत्यु भएको हो ।

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएकोमा
चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका छन् ।

इलाका प्रहरी कार्यालय मुर्गियाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए ।

ठक्कर दिने माइक्रोबस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Read More