― Advertisement ―

इरान-सम्बन्धित ह्याकरहरूले क्यालिफोर्नियाको पानीको उपयोगिताको उल्लङ्घन गरे जसले लाखौंलाई सेवा दियो र उनीहरूले अनलाइन भेट्टाएका सबै कुरा प्रकाशित गरे।

इरानी haaker र 5GB पानी पहुँच गर्ने दुई प्रणाली डाटाएक कमजोर सुरक्षित GPS उपकरणले आक्रमणकारीहरूलाई Cal वाटर भित्र सिधा बाटो दियोसात क्यालिफोर्निया जिल्लाहरूको लागि...
HomeLatest newsमहिलातर्फ पुलिस र आर्मी विजयी – KhabarHost

महिलातर्फ पुलिस र आर्मी विजयी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नवौँ एनभीए महिला भलिबल च्याम्पियनसिप २०८२ मा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्।
  • नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेश भलिबल संघलाई २५-१०, २५-६, २५-११ ले पराजित गरेको छ।
  • त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबलाई २५-१६, २५-१४, २५-२३ ले हराएको छ।

११ पुष, काठमाडौं । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा शुक्रबार भएको समूह ए को पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेश भलिबल संघलाई सोझो सेटमा हरायो ।

एकपक्षीय खेलमा पुलिसले सुदूरपश्चिमलाई २५-१०, २५-६, २५-११ ले पराजित गरेको हो ।

यस्तै महिलातर्फको दोस्रो खेलमा समूह ए मा रहेको आर्मीले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५-१६, २५-१४, २५-२३ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ शनिबार पनि दुई खेल हुनेछ । पहिलो खेल समूह ए मा रहेको न्यु डायमण्ड र चुली युथ क्लब तथा दोस्रो खेल समूह बी मा रहेको एपीएफ र मधेश स्पोर्ट्स काउन्सिलबीच हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More