― Advertisement ―

HomeLatest newsमहासंघले उद्योग विभागलाई दियो कम्प्युटर – KhabarHost

महासंघले उद्योग विभागलाई दियो कम्प्युटर – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई भदौ २३ र २४ गतेको आगजनीमा नष्ट भएका कम्प्युटरहरू बुधबार हस्तान्तरण गरेको छ।
  • महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्यले सेवा प्रवाहको गुणस्तर सुधारिने बताए।
  • उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले महासंघको सहयोगले विभागको दैनिक सेवा सञ्चालनमा सहजता आउने उल्लेख गरे।

३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग  विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरे ।

भदौ २३ र २४ गते आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटर तथा अन्य सामग्री जलेर नष्ट भएपछि विभागको आग्रहअनुसार महासंघले सहयोग स्वरुप कम्प्युटर उपलब्ध गराएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र र राज्यका निकायबीचको सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिने उल्लेख गरे । उनले उद्योग विभागले सामना गरेको क्षति न्युनीकरणमा महासंघको तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

आउँदा दिनमा पनि महासंघ र विभागबीच सहकार्य जारी रहने ढकालले बताए । ‘महासंघले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य आवश्यक छ । यो सहकार्यको माध्यमबाट संस्थागत क्षमताबृद्धिमा योगदान पुग्ने हाम्रो विश्वास छ’ अध्यक्ष ढकालले भने ।

विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा विभागको भौतिक सामाग्रीमा ठूलो क्षति पुर्‍याइएको उल्लेख गर्दै महासंघले तत्काल सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे । उनले महासंघको यो सहयोगले विभागको दैनिक सेवा सञ्चालनमा सहजता ल्याउने बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More