― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsमहानगर बिदाइ गर्न दिनभर कुरिरह्यो, बालेन गएनन् – KhabarHost

महानगर बिदाइ गर्न दिनभर कुरिरह्यो, बालेन गएनन् – KhabarHost



४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ४ माघमा राजीनामा दिने चर्चा थियो । उनको सचिवालयले सोहीअनुसार ४ माघमा राजीनामा दिएर घण्टीघर जाने जानकारी सञ्चार माध्यमलाई जानकारी दिइह्यो ।

४ माघमा राजीनामा दिएर घण्टीघर जाने अनि ५ माघमा जनकपुरमा हुने रास्वपाको घोषणासभा सम्बोधन गर्ने रणनीति यसअघि नै तय थियो ।

सोहीअनुसार काठमाडौं महानगरले पनि आफ्नो कार्ययोजना बनायो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, उपमेयर सुनिता डंगोल लगायतले मेयर बालेनलाई आइतबार बिदाइ गर्ने योजना बनाए ।

‘आज हामी उहाँलाई बिदाइ गर्न तयार थियौं । यत्रो समय सँगै काम गरेपछि बिदाइ गर्नु स्वाभाविक थियो,’ महानगरका एक कर्मचारीले भने, ‘तर उहाँ आउनुभएन । सायद भ्याउनुभएन होला ।’

आइतबार बिहानबाटै मेयरको बिदाइ गर्न चाहेका उनीहरूले आवश्यक तयारी गरिसकेका थिए । उपमेयर डंगोलले त जति जना भइन्छ, त्यतिले भए पनि औपचारिक बिदाइ गर्नुपर्ने बताएकी थिइन् ।

महानगर स्रोतका अनुसार उनीहरूले मेयरलाई पटक-पटक फोन पनि गरेका थिए । ‘बिदाइको तयारी के गरौँ’ भन्दा तत्कालीन मेयर शाहले ‘पछि भन्छु’ भनिरहे । यद्यपि, निर्णय जे पनि आउन सक्ने भएकाले आफ्नो तयारी गरिरहे । बिदाइको लागि दिनभर बालेनलाई कुरेर बसे ।

तर, यहीबीचमा मेयरले राजीनामा तत्काल नदिने मनस्थिति बनाएको समाचार आयो । बालेन निकट एक नेताका अनुसार कांग्रेस अदालत गएको अवस्थामा चुनाव सर्न सक्ने लगायतका अनुमानका कारण राजीनामा दिन हतार नगर्ने उनको सोच थियो । यदि तोकिएकै समयमा भए पनि उम्मेदवारी दर्ता गरेपछि सम्भवत: मेयर पद खारेज हुने सल्लाहपछि उनको राजीनामा होल्ड गरियो ।

‘तर, पछि थप सल्लाह उहाँले गर्नुभयो । अनि के भयो, एकाएक राजीनामा दिएरै घण्टीघर जाने सोच बनाउनुभयो,’ बालेन स्रोतले भन्यो ।

यसरी बालेनले पुन: एकाएक राजीनामा दिने सोच बनाए र घण्टीघर पुगे । सचिवालयमार्फत उपमेयर सुनिता डंगोलसामु राजीनामा बुझाए । तर आइतबार बिहानदेखि बिदाइ गर्न कुरिरहेको महानगर टिम खिन्न बन्दै उनको राजीनामा वारेसमार्फत लिन बाध्य बन्यो । कार्यक्रम स्थगित गर्नुपर्‍यो ।

बालेन पनि राजीनामा दिएपछि घण्टीघर पुगे । जेनजी अगुवा सुदन गुरुङको गाडीमा घण्टीघर पुगेका उनले रवि लामिछानेसँगै उभिएर घण्टीघर अगाडि राखिएको घण्टी बजाए ।

केहीबेर आफ्नो कार्यकक्षमा बसेर उनी घण्टीघरबाट निस्किएका छन् । महानगरबाट औपचारिक बिदाइ हुन नभ्याएका बालेन घण्टीघरमा भने रवि लामिछानेबाट औपचारिक स्वागत लिन भ्याए ।





Read More