― Advertisement ―

Nvidia, SLB, Amazon, र Meta AI अपनाउने शीर्ष कम्पनीहरू हुन्, तर यसको मतलब यो होइन कि तिनीहरूले फाइदाहरू देखिरहेका छन्।

एआइको रिपोर्टमा सबैभन्दा ठूला ऊर्जा प्रयोगकर्ताहरू हुन्। खुलासा गर्दछठूला प्रयोगकर्ताहरूले डेटा केन्द्रहरू, चिप्स, मोडेलहरू र थपमा पनि लगानी गरिरहेका छन्एआई सबैभन्दा ठूला कम्पनीहरूमा केन्द्रित...
HomeLatest newsमहाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै



२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

बैठक ललितपुरको धोबीघाटमा आज (शक्रबार) दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ । चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए ।

२८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षमा रहेकाहरू आगामी पुसभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

महामन्त्री थापाले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनका लागि २७ मंसिरको मिति प्रस्ताव गरेका थिए । यस्तै अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानत: बाध्यता रहेको धारणा राखेका थिए ।

२१ फागुनका लागि निर्धारण गरिएका चुनावअघि महाधिवेशन गर्ने र नगर्ने पक्ष विषयमा संस्थापन पक्षमा समेत एकमत छैन । सभापति शेरबहादुर देउवानिकट शीर्ष नेताहरू चुनावपछि महाधिवेशनको पक्षमा देखिए पनि दुई दर्जन बढी केन्द्रीय सदस्यहरू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More