― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsमहाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न पूर्णबहादुर असहमत, बैठकमै गएनन् गगन

महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न पूर्णबहादुर असहमत, बैठकमै गएनन् गगन



१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् । महामन्त्री थापा निकट नेताहरूका अनुसार, नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति जुट्न नसकेपछि महामन्त्री थापा बैठकमा सहभागी नभएका हुन् ।

केन्द्रीय समिति बैठक सुरु हुनुअघि कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सानेपामै छलफल गरेका थिए  ।

नेताहरूका अनुसार, उक्त बैठकमा महामन्त्री थापाले आजको बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नका लागि कार्यवाहक सभापति को स्वीकृति खोजेका थिए।

कार्यतालिका पेश गर्ने विषयमा सहमति जुट्नु नसकेपछि उक्त बैठक लगत्तै बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित भएका हुन् । तीन नेताको बैठकपछि कार्यबाहक सभापति खड्का र अर्का महामन्त्री शर्मा भने बैठक कक्षमा पुगेपनि थापा भने सहभागी भएनन् ।

महामन्त्री थापाले २७ असोजको कार्य सम्पादन समितिको बैठकमा मंसिर २७ देखि २९ सम्म नियमित महाधिवेशन को लागि कार्यतालिका प्रस्ताव गरेका थिए । सोही प्रस्ताव केन्द्रीय समितिमा पेश गर्न सहमति जुट्न सकेको छैन ।

कांग्रेसमा बैठकमा पेश गर्ने एजेन्डाबारे बैठकअघि शीर्ष तहमा सहमति जुटाउने प्रचलन छ । १२ दिनपछि बसेको केन्द्रीय समिति बैठक अघि तीन शीर्ष नेताको बैठक बसे पनि कार्यतालिका पेश गर्ने विषयमा सहमति हुन सकेको थिएन ।

महामन्त्री निकट एक नेताले भने, ‘बैठकका लागि बैठक मात्रै हुने तर महाधिवेशनको कार्यतालिकाबारे छलफल हुन नसक्ने भएपछि महामन्त्री बैठकमा सहभागी नभएको बुझेको छु ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More