― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
HomeLatest newsमस्कोमा युक्रेनको ड्रोन आक्रमण, निशानामा ४०० किलोमिटर लामो इन्धन पाइपलाइन

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, निशानामा ४०० किलोमिटर लामो इन्धन पाइपलाइन



१५ कात्तिक, काठमाडौं । युक्रेनको गुप्तचर निकायले शुक्रबार रूसको राजधानी मस्को नजिकैको ४०० किलोमिटर लामो इन्धन पाइपलाइनमाथि आक्रमण गरेको छ । उक्त पाइपलाइनको नाम रिङ हो ।

यस हमलाले रुसी सेनालाई हुने पेट्रोल, डिजेल र हवाई जहाजको इन्धनको आपूर्ति रोकिएको युक्रेनी पक्षले दाबी गरेको छ ।

हमलामा मस्कोको दक्षिण-पूर्वी इलाकामा रहेका तीनवटै मुख्य लाइनहरू एकसाथ नष्ट भएका छन् । त्यहाँ ड्रोनहरूलाई रोक्ने प्रणाली र हतियारधारी गार्डहरू तैनाथ भए तापनि सबै निष्प्रभावी भए ।

अहिले पाइपलाइन पूर्ण रूपमा बन्द भएको छ र रुसी सेनालाई इन्धन रोकिएको छ ।

सञ्चार माध्यमका रिपोर्टहरू अनुसार, यो पाइपलाइनबाट हरेक वर्ष ३० लाख टन जेट इन्धन र लाखौं टन पेट्रोल-डिजेल ओसारपसार हुन्थ्यो । यस क्षतिले रुसी सेना र मस्कोको अर्थतन्त्रलाई ठूलो धक्का लागेको छ ।

रूसी गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभले आफ्ना सिधा हमलाहरूले विश्वका सम्पूर्ण आर्थिक प्रतिबन्धहरूले भन्दा धेरै नोक्सान पुर्‍याइरहेको बताए ।

यो आक्रमण रातभर चलेका युक्रेनी ड्रोन हमलाहरूको एक हिस्सा थियो । रुसी सेनाले १० इलाकाहरूमा ९८ वटा ड्रोन खसालेको दाबी गरेको छ ।

मस्को नजिकैको झुकोभ्स्की शहरमा रातभर बिजुली अवरुद्ध भयो । तुला शहरमा ड्रोनका टुक्राहरू सडकमा खसेपछि ट्राफिक रोकिएको थियो ।

(एजेन्सीहरूको सहयोगमा)





Read More