― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeअन्तर्राष्ट्रियमस्कले ल्याए ग्रोकिपिडिया, विकिपिडिया वाम पक्षधर रहेको आरोप

मस्कले ल्याए ग्रोकिपिडिया, विकिपिडिया वाम पक्षधर रहेको आरोप


News Summary

Generated by OK AI. Editorially reviewed.

  • एलन मस्कको कम्पनी एक्सएआईले विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन गरेको घोषणा गरेको छ।
  • मस्कले विकिपिडियामाथि प्रणालीगत वैचारिक पूर्वाग्रह भएको आरोप लगाएका छन्।
  • ग्रोकिपिडिया सोमबार सुरु हुँदा अबरूद्ध भयो तर पछि समाधान गरिएको छ र यो सत्य र पूर्वाग्रह–मुक्त विकल्प हो।

१२ कात्तिक, न्यूयोर्क । एलन मस्कको कम्पनी एक्सएआईले सोमबार अनलाइन विश्वकोश विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन गरेको घोषणा गरेको छ।

मस्कले विकिपिडियामाथि प्रणालीगत वैचारिक पूर्वाग्रह गरेको आरोप लगाएका छन् ।

संस्करण ०.१ डब गरिएको साइटमा सोमबार साँझसम्म आठ लाख ८५ भन्दा बढी लेखहरू प्रकाशित छन् । विकिपीडियाको अङ्ग्रेजी संस्करणमा ७० लाखभन्दा बढी लेखहरू प्रकाशित छन् ।

मस्कको एआई–सञ्चालित ग्रोकिपिडिया सोमबार सुरु हुने बित्तिकै अबरूद्ध भएको थियो । तर अब यसलाई समाधान गरिएको छ । मस्कले आफ्नो लगानीको ग्रोकोपिडियालाई ‘सत्य र पूर्वाग्रह–मुक्त’ विकल्प भनेका छन् ।

यो विकिपिडियासँग मिल्दोजुल्दो देखिन्छ। विकिपीडियामा ‘वैचारिक कथाहरू’ र प्रचारको बारेमा मस्कले आशङ्का व्यक्त गर्दै आएका थिए । उनले यो ‘सत्य र ज्ञानको खोजी’ गर्ने आधार खोज्ने सिर्जना गरिएको बताए ।

यो एक्सएआईको ग्रोक एआई च्याटबोटद्वारा सञ्चालित छ र वास्तविक समय र तथ्याङ्कबाट अपडेट हुनेछ।

ग्रोकिपिडियाको अहिलेको संस्करण बिटा संस्करण हो तर मस्कका अनुसार १.० संस्करण यो भन्दा १० गुणा राम्रो हुनेछ ।

मस्क विकिपीडियाको नियमित आलोचकमध्ये एक हुन् । सन् २०२४ मा उनले साइटलाई ‘उग्र–वामपन्थी कार्यकर्ता’हरूद्वारा नियन्त्रित भएको आरोप लगाउँदै यस प्लेटफर्ममा चन्दा बन्द गर्न आह्वान गरेका थिए ।

अगस्टमा उनले भनेका थिए, ‘विकिपिडियालाई सामुदायिक सूचनाहरूको लागि एक निश्चित स्रोतको रूपमा प्रयोग गर्न सकिदैन, किनकि त्यहाँको सम्पादकीयमा अत्यन्त वामपन्थी प्रभाव देखिन्छ।’ एएफपी

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More