― Advertisement ―

धातुहरू ह्यान्डल गर्ने तरिकामा अप्रत्याशित परिवर्तन मार्फत संसारको सबैभन्दा कठिन सामग्रीहरू छाप्ने काम सम्भव भयो।

टंगस्टन कार्बाइड प्रिन्टिङ वा बिना रुम गर्न सकिन्छ। बललेजर र तातो तारले धातुलाई तहहरू बन्ड गर्न पर्याप्त मात्रामा नरम बनाउँछपूर्ण पग्लनबाट जोगिनाले पहिले नै...
Homeविजनेसमलेसियामा नयाँ मापदण्ड लगाए कडा प्रतिरोध गर्ने व्यवसायीको चेतावनी

मलेसियामा नयाँ मापदण्ड लगाए कडा प्रतिरोध गर्ने व्यवसायीको चेतावनी


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ।
  • संघले मलेसियाको निर्णयले नेपाली व्यवसायीहरूमा सिन्डिकेट स्थापना गर्ने र एकाधिकार बजार बनाउने स्पष्ट संकेत भएको बताएको छ।
  • संघका अध्यक्ष भुवन गुरूङले सिन्डिकेट लागू गर्न खोजे संघले उठिवास लगाउने र मलेसिया सधैंका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन्।

१४ कात्तिक, काठमाडौं । मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध व्यवसायीहरूले विरोध जनाएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै नेपाली म्यानपावर व्यवसायीहरूकै विरुद्ध केही सीमित व्यवसायी लागेर यस्तो खालको मापदण्ड तय गरिएको भन्दै विरोध जनाएको हो ।

नेपालले ति मापदण्डहरू कुनै पनि हालतमा लागू गर्न नहुने संघले अडान लिएको छ । मलेसियनको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्डसहितको पत्रबारे संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त पत्रअनुसार सीमित व्यवसायीहरूलाई मात्र मलेसिया रोजगारीमा काम गर्न अनुमति दिने गरी मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्ने प्रयास भइरहेको संघको दाबी छ । मलेसियन सरकारको उक्त निर्णय र प्रस्तावले नेपाललगायत स्रोत मुलुकहरूमा सिन्डिकेट स्थापना गर्ने र केही सीमित व्यक्तिहरूको पक्षपोषण गर्ने/गराउने स्पष्ट संकेत दिएको संघले जनाएको हो । यसले निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता र समान रोजगारीका अवसरलाई कुल्चेर पेशा व्यवसाय गर्न पाउने मौलिक अधिकार तथा नेपालको संविधान र कानुनले बन्देज गरेको एकाधिकार बजार बनाउने संघका महासचिव महेश कुमार बस्नेतले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारबाट इजाजत प्राप्त व्यवसायीहरू कानुनी प्रक्रिया, सरकारी नीतिहरू र पारदर्शी अभ्यासमार्फत वैदेशिक रोजगार क्षेत्रमा संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।

केही सीमित व्यवसायी वा गैरव्यवसायीलाई मात्र फाइदा पुर्‍याउने र एकाधिकार बजार बनाएर नेपाली श्रमिकलाई आर्थिक भार थप्ने षड्यन्त्रले सम्पूर्ण व्यवसायीहरूमा स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने व्यावसायिक अधिकार, श्रमिकको श्रम अधिकार र नेपाल सरकारको श्रम नीतिलाई कमजोर बनाउने संघको ठहर छ ।

यस्ता सिन्डिकेट प्रवृत्तिहरूको संघले घोर विरोध गर्दै आइरहेको र सम्पूर्ण व्यवसायीहरूलाई यस्ता कार्यका विरुद्ध एकजुट हुन आह्वान समेत गरेको छ ।

संघका अध्यक्ष भुवन गुरूङले विभिन्न बहाना गर्दै अघि बढ्न खोजे मलेसिया सधंैका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिए । मापदण्डको नाममा सिन्डिकेट लगाउन खोजिएको बताउँदै आफूहरूलाई सडकमा आउन बाध्य नपार्न समेत अनुरोध गरे ।

‘जो जो सिण्डिकेट लागू गर्न अघि सर्नुभएको छ । अहिले जुन जुन अवस्थामा रहेको छ । त्यहीं अवस्थाबाट पछि हट्नुहोस् । सिन्डिकेटको पक्षमा लागिरहे संघले उठिवास लगाउँछ,’ अध्यक्ष गुरूङले भने ।

एकाधिकार गर्नु भनेको श्रमिकको श्रम शोषण गर्नु समेत भएको बताए । सिन्डिकेट विरुद्धको विरोधको सुरुवात भइसकेको बताउँदै जवरजस्ती लागु गर्न खोजे भयानक दुर्घटना हुने चेतावनी दिए । नेपाल सरकारले इजाजतपत्र दिने तर, मलेसियाले मापदण्ड तोक्ने कार्य गलत भएको बताए ।





Read More