― Advertisement ―

Homeमलाई विभीषण भन्नेहरू रावण पक्षधर हुन् – KhabarHost

मलाई विभीषण भन्नेहरू रावण पक्षधर हुन् – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई विभीषण भनेर कटाक्ष गर्नेहरूलाई रावण पक्षधर भनेका छन्।
  • कार्कीले सामाजिक सञ्जालमा विभीषण नाम गाली र सम्मान दुवैका लागि प्रयोग हुने पात्र भएको उल्लेख गरेका छन्।
  • रास्वपामा नेताहरूको असन्तुष्टि सार्वजनिक भइरहेकाले कार्की लगायतका नेताहरू नयाँ शक्तिलाई जोड्ने प्रयासमा छन्।

४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई विभीषण भनेर कतिपयले कटाक्ष गरेको भन्दै त्यसको प्रतिवाद गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले आफूलाई विभीषण भन्नेहरू रावण पक्षधर भएको बताएका हुन् ।

‘रामायणमा एक पात्र छन् विभीषण । एउटै नाम गाली र सम्मानमा प्रयोग हुन सक्ने विशेष पात्र हो । सम्झँदा रोचक लाग्छ’ उनी लेख्छन्, ‘रावण पक्षका लागि विभीषण गाली दिनका लागि प्रयोग हुने नाम हो । तर राम पक्षका लागि त्यहि विभीषण भनेको सम्मानित नाम हो ।’

आफूलाई रास्वपाका सभापति रवि लामिछाने निकट व्यक्तिहरूले विभीषण भनेर टिप्पणी गरेपछि यस्तो स्ट्याटस लेखेको कार्कीले निकटस्थहरूसँग बताएका छन् ।

उनले सामाजिक सञ्जालमा थप लेखेका छन्, ‘यसैले बुझ्नुहोस् ल, तपाईंले कसैलाई विभीषण भनेर गाली गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो स्वामीलाई रावण भन्दै हुनुहुन्छ ।’

पछिल्लो समय रास्वपामा नेताहरूका असन्तुष्टि सार्वजनिक भइरहेका छन् । यसअघि डा.तोसिमा कार्कीको पनि असन्तुष्टि सार्वजनिक भएको थियो ।

रास्वपाकै नेता कार्की लगायतका नेताहरू वैकल्पिक र नयाँ शक्तिलाई जोड्ने भनेर समेत अनौपचारिक/औपचारिक भेलामा रहेका छन् ।

यही बेला कार्कीले पनि रास्वपाको संस्थापन पक्षतर्फ कटाक्ष गरेको रास्वपाका नेताहरू बताउँछन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More