― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsमनास्लु पदमार्गमा ढुंगाले लागेर एक पर्यटक गम्भीर घाइते

मनास्लु पदमार्गमा ढुंगाले लागेर एक पर्यटक गम्भीर घाइते


फाइल तस्वीर



१३ कात्तिक, गोरखा । मनास्लु पदमार्गमा ढुंगाले लागेर एक स्वदेशी पर्यटक गम्भीर घाइते भएका छन् ।

सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुब्री गाउँपालिका–५ बिही नजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय मिनुइन्द्र लम्साल घाइते भएको प्रहरीले जनाएको  छ ।

उनको टाउँकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

‘हिँडिरहेको अवस्थामा बाटोमाथिबाट एक्कासी ढुंगा खसेर लागेछ,’ उनले भने, ‘उनीहरूसँग गएका साथीहरूले खबर गरेपछि इलाका प्रहरी कार्यालय लार्केबाट हाम्रो टोली त्यहाँ पुगेको हो ।’

बिही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीसहित प्रहरी घटनास्थल पुगेको उनले जानकारी दिए ।

हेलिकप्टरबाट उद्धारका लागि पहल भए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर उड्न नसकेको बताइएको छ ।





Read More