― Advertisement ―

सकर लीगहरूले अवैध स्ट्रिमहरू पत्ता लगाउन र पाइरेसी लड्न वास्तविक-समय AI उपकरणहरू प्रयोग गर्दैछन्।

$07$0M08 अनुमानित घाटा वार्षिक रूपमावास्तविक-समय AI पहिचानले प्रमुख खेलहरूमा पाइरेसी दरहरू घटाउँछपरम्परागत अवरुद्ध उपकरणहरू ठूला-ठूला स्ट्रिमिङ नेटवर्कहरू विरुद्ध सङ्घर्ष गर्छन्लाइभ फुटबल स्ट्रिमहरूको पाइरेसी औद्योगिक...
HomeLatest newsमधेशमा नयाँ मुख्यमन्त्री छान्न ७ दलीय गठबन्धनको ८ घण्टा छलफल, नाम टुंगो...

मधेशमा नयाँ मुख्यमन्त्री छान्न ७ दलीय गठबन्धनको ८ घण्टा छलफल, नाम टुंगो लागेको दाबी


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेशमा सात दलीय गठबन्धनले नयाँ मुख्यमन्त्रीको नाम टुंगो लगाउन आठ घण्टा छलफल गरेको छ।
  • जसपा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ मुख्यमन्त्रीको नाम गोप्य रहेको र भोलि दाबी पेश गरिने बताएका छन्।
  • गठबन्धनभित्र कांग्रेसले मुख्यमन्त्री लिने अडान राखेको र जसपा सभामुख लिने रणनीतिमा रहेको छ।

जनपुरधाम, मंसिर १८ गते । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री टुंगो लगाउन सात दलीय गठबन्धनका नेताहरूले आज आठ घण्टा लामो छलफल गरेका छन् ।

आज मध्यान्ह सुरु भएको नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूको बैठक साँझ अबेर सकिएको छ ।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ मुख्यमन्त्रीको टुंगो लागेको बताएका छन् । ‘मात्र मुख्यमन्त्रीको नाममा सहमति भयो । नाम अहिले गोप्य छ । भोलि दिउँसो २ बजे नै सात दलले नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्छौं,’ उनले भने ।

उनले सात दलीय गठबन्धनको भावना अनुसारै सरकार गठन हुने र मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलबाट मन्त्रीको शपथ हुने दाबी गरे ।

बैठकमा सहभागी अर्का एक सांसद भने भोलि अर्को बैठक बसेर नाम टुंगो लगाउने सहमति भएको बताउँछन् । ‘भोलि सात दलीय गठबन्धनका दलका नेताहरूको बैठक पुन: बसेर नाममा निष्कर्ष लगाउँछन् । र त्यसपछि दाबी पेश गरिने छ,’ ती सांसदले भने ।

गठबन्धनभित्र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्रीका दावेदार छन् । दलहरू गठबन्धन नफुटोस् भन्नेमा छन् । काँग्रेस मुख्यमन्त्री लिने अडानमा छन् । जसपा रिक्तसभामुख लिने नीतिमा छ । लोसपा बाहेक दल करिब करिब कृष्ण यादवको नाममा सहमति गर्ने नजिक रहेको स्रोतको दाबी छ ।

एमाले संसदीय दलका नेता रहेका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव, अब बन्ने जुनसुकै सरकारलाई विश्वासको मत दिने संचारमाध्यम मार्फत् बताएका छन् । यसले कांग्रेसलाई बल पुगेको छ । काँग्रेसलाई रुष्ट बनाए सत्ता समीकरण हुन सक्ने खतराको डर गठबन्धनका नेताहरूमा देखिन्छ ।

गठबन्धनभित्र कांग्रेस पहिलो पोजिसनमा छ भने जसपा दोस्रो पोजिसनमा । यसले जसपा काँग्रेसलाई नेतृत्व दिएरै भएपनि सभामुख लिने आन्तरिक रणनीतिमा रहेको उसको एक सांसदले बताए । जनमत र माओवादी केन्द्र लगायतका दल महत्त्वपूर्ण मन्त्रालय लिने दाउमा छन् । किनभने जनमतको प्रदेशमा उपसभामुख छँदैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More