― Advertisement ―

HomeLatest newsमधेशमा थुनिएका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिए

मधेशमा थुनिएका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिए



२७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात  राजनीतिक दलका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिएका छन् ।

मधेश प्रदेशका सभामुखले पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न उनीहरू बिहीबार उपसभामुखको कार्यकक्षामा पुगेका थिए ।

तनावका बीच प्रस्ताव दर्ता गरेपछि उपसभामुखको कार्यकक्षबाट बाहिर खोज्दा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूबीच हात हालाहाल समेत भएको थियो ।

प्रस्ताव दर्ताका लागि उपसभामुखले तोक लगाए पनि सभामुख मण्डलले कर्मचारीलाई सचिवालयमा दर्ता गराउन रोकेका थिए । लामो रसाकसीपछि कर्मचारीले प्रस्ताव दर्ता गरेका थिए । त्यसपश्चात् निस्किन खोज्दा सभामुख र तिनका कार्यकर्ताहरूले आफूहरूलाई थुनेको सात राजनीतिक दलका सांसदहरूले बताएका छन्।

सभामुख मण्डल सहित उनका कार्यकर्ताहरूले आफूहरू माथि हातपात गरेको उनीहरूको आरोप छ ।

परिस्थिति असहज बनेपछि प्रहरीको सहयोग लिएर सांसदहरू उपप्रमुखको कार्यकक्षबाट निस्किएको जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले बताए ।

सभामुख मण्डलले भने आफूले कसैलाई नथुनेको र कसैमाथि कुनै हातपात नगरेको दाबी गरेका छन् ।

‘प्रदेश सांसदहरू आफैं आउनुभएको थियो । उपसभामुखको कार्यकक्षमै बस्नुभएको थियो । त्यहीँ लामो समय बस्नुभएका उहाँहरूलाई मैले पनि आफ्नो कार्यकक्षमा बोलाएँ । तर, आउनु भएन,’ सभामुख मण्डलले भने, ‘पछि डीएसपी सहितको प्रहरी टोली आयो र उहाँहरू निस्किनुभयो । हामीले कसैलाई कुनै बन्धक बनाएका छैनौं ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More