― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
HomeLatest newsमधेशका मुख्यमन्त्री नियुक्तिबारे आगामी आइतबार विस्तृत बहस हुने

मधेशका मुख्यमन्त्री नियुक्तिबारे आगामी आइतबार विस्तृत बहस हुने



२६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार प्रारम्भिक आदेश दिने संकेत गरेको छ ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भनी ३० कात्तिक (आगामी आइतबार) का लागि पेशी तोकेको हो ।

सर्वोच्चले उक्त दिन मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजात लगायतका निर्णयहरूसमेत हेर्नेछ ।

कृष्णप्रसाद यादवसहित मधेश प्रदेका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश पाण्डेयको इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।

त्यतिबेला संयुक्त इजलासमा रहने दुई न्यायाधीशले प्रारम्भिक रुपमा नै सरकार गठन प्रक्रियामा कैफियत रहेको देखेमा अन्तरिम आदेश जारी गर्न सक्नेछन् ।

र, अन्तरिम आदेश जारी भएमा मुख्यमन्त्रीलाई दीर्घकालीन प्रकृतिको कामकाज गर्न बन्देज लगाउने आदेश हुनसक्छ ।

जसको प्रारम्भिक संकेत मंगलबारको आदेशमा स्पष्ट देखिन्छ ।

सर्वोच्चले बुधबार नै मंगलबारको रिट निवेदन र आदेशको फाइल (मिसिल) पनि आगामी आइतबार सुनुवाइका क्रममा पेश गर्न आदेश दिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More