― Advertisement ―

‘हामीले सुन्छौं’: वर्षौंको प्रतिक्रिया पछि, Canva ले अन्ततः अफलाइन मोड ल्याउँछ

Canva O'6 लाई अन गर्नुहोस् heroesसबैका लागि उपलब्ध ग्रिड शैक्षिक स्रोतहरू पनि जान्नुहोस्प्रिन्ट पसल मार्फत सामान डिजाइन गर्नुहोस् र किन्नुहोस् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">A'C कम्पनीले हेडमा लियो।...
HomeLatest newsमधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै



२१ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।

उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने बताइएको छ ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।

तर विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि यादवले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस दलका नेता यादवले  कांग्रेससहित जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदहरूको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More