― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsमधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्दै

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्दै



२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । आज बिहान ११ बजे जनकपुरको जानके चार होटलमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पछिल्ला घटनाक्रमको बारेमा उनले आज आफ्ना धारणा राख्ने मुख्यमन्त्रीका सचिवालयका रन्जित सिंहले जानकारी दिए ।

दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई गत आइतबार संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

सोमबार बिहान बिरामी रहेको बहानामा उपचारको लागि काठमाडौं निस्केकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका-३ कालापानीस्थित पानस होटलमा शपथ ग्रहण गराएकी थिइन् । यसपछि मधेश भवनको अवस्था असहज भएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More