― Advertisement ―

नेटफ्लिक्सले ‘आधुनिक समयको सबैभन्दा उत्कृष्ट अपराध-थ्रिलरहरू मध्ये एक’ गुमाउन लागेको छ – र जो नेस्बोको डिटेक्टिभ होलका प्रशंसकहरूले यसलाई ASAP स्ट्रिम गर्न आवश्यक छ।

नेस्बोको डिटेक्टिभ होल Netflix'को मार्च २६ मा रिलिज भएदेखि सबैभन्दा धेरै हेरिएको टिभी शो चार्टहरू, र यो किन थाहा पाउन गाह्रो छैन।म त्यस्तो...
HomeLatest newsमतदानको हल सारिने, मेसिनमा विवरण थप्नै बाँकी – KhabarHost

मतदानको हल सारिने, मेसिनमा विवरण थप्नै बाँकी – KhabarHost



१ पुस, काठमाडौं । निर्वाचन कार्यतालिका अनुसार एमालेको नेतृत्व चयनको लागि आज मतदान हुनुपर्ने थियो । मतदानका लागि प्रतिनिधिहरू साँझ ७ बजेदेखि नै लाइनमा बसेका थिए ।

अध्यक्षका दुई उम्मेदवार केपी ओली र ईश्वर पोखरेल पनि मतदानका लागि हलमा आएर बसेका थिए ।

तर सवा ८ बजे महासचिव शंखर पोखरेलले भोलि बिहान ८ बजेसम्मको लागि स्थगित भएको जानकारी गराए ।

‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’

एमालेले इलेक्ट्रोनिक भोटिङ गर्न लागेको हो । प्राविधिकि रूपले मेसिन जडान गर्ने काम सबै सकिएको छ ।

पहिलो कारण हो प्राविधिक । उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले आज मतदान हुन नसकेको हो ।

‘टेक्निकल्ली डाटा फिट गर्ने टाइम पुगेन,’ प्राविधिक लक्ष्मण रिमालले भने ।

दोस्रो कारण, जहाँ आज इलेक्ट्रोनिक भोटिङ मेसिन राखिएको छ त्यो हल भोलि बिहान खाली गर्नुपर्ने छ ।

भोटिङको समय बिहानसम्म लम्बिने भएपछि अर्को हलमा सारेर मतदान गर्नको लागि समय सारिएको हो । ‘ठूलो हल भाडामा रहेछ । भोलि त्यहाँ गर्न मिलेन । आज बन्दसत्र चलेको हलबाट मेसिन सार्छौं,’ रिमालले भने ।

मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कूल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

केपी ओली र ईश्वर पोखरेल समूह प्यानल बनाएर प्रतिस्पर्धामा छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More