― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsमतदाता नामावली दर्ता समस्या समाधान गर्न नेविसंघको माग

मतदाता नामावली दर्ता समस्या समाधान गर्न नेविसंघको माग



२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र आम नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

संघका सभापति दुजाङ शेर्पा लगायतको समूह शुक्रबार आयोगमा पुगेर निर्वाचनको तयारी र मतदाता नामावली संकलनको प्रणालीमा देखिएका समस्याको बारेमा आयोगको ध्यानाकर्षण गराएको हो ।

संघका सभापति शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै युवा मतदातालाई धेरैभन्दा धेरै निर्वाचनमा सहभागी गराउने, मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका प्राविधिक समस्या समाधानका लागि आयोगलाई सुझाव दिइएको बताए ।

उनले प्रवासमा रहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने विषयमा भइरहेको प्रगतिबारे जानकारी लिइएको बताए ।

उनले भने, ‘अगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीको कार्यप्रगतिको विषयमा र कसरी बढीभन्दा बढी युवालाई मतदानमा सहभागी गराउन सकिन्छ र मतदाता नामावलीमा नाम दर्ता गर्दा देखिएका समस्या समाधानका लागि आयोगको ध्यानाकर्षण गराएका छौं ।’

स्वच्छ, निष्पक्ष र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गर्न नेविसंघको सधैं साथ रहनेबारे आयोगलाई जानकारी गराइएको उनले बताए ।

सरकारले अगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान समेत गरिसकेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More