― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
HomeLatest news‘भ्वाइस’ सातौं सिजनको पहिलो एपिसोडलाई युट्युबमा लोभलाग्दो भ्यूज

‘भ्वाइस’ सातौं सिजनको पहिलो एपिसोडलाई युट्युबमा लोभलाग्दो भ्यूज


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनको पहिलो एपिसोडले १५ घण्टामा युट्युबमा १० लाख भ्यूज पाएको छ।
  • नेपाल आयोजकले सामाजिक सञ्जालमार्फत पहिलो एपिसोडले १ मिलियन भ्यूज पाएको उल्लेख गरेका छन्।
  • सातौं सिजनमा प्रमोद खरेल, राजु लामा, मेलिना राई र खेम सेन्चुरी कोच रहेका छन् र हिमालय टिभी एचडीमा शुक्रबार र शनिबार प्रसारण हुन्छ।

काठमाडौं । शुक्रबारदेखि सुरु भएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ लाई पहिलो एपिसोडमै दर्शकको साथ मिलेको छ ।

पहिलो एपिसोड युट्युबमा सार्वजनिक भएको १५ घण्टाभित्रै १० लाख पटक हेरिएको छ । ‘भ्वाइस’ का नेपाल आयोजकले सामाजिक सञ्जालमार्फत कीर्तिमानी भ्यूज संख्या प्राप्त भएको उल्लेख गरेका छन् ।

‘भ्वाइस’ ले फेसबुकमा लेखेको छ, ‘ पहिलो एपिसोडले १५ घण्टामा १ मिलियन भ्यूज पायो !! के तपाईं हेर्दै हुनुहुन्छ ? अहिलेसम्म तपाईंको मनपर्ने प्रशिक्षक को हो ? आफ्नो विचार लेख्नूस ।’

पछिल्लो समय रियालिटी शोले युट्युबमा न्यून संख्यामा भ्यूज पाउन थालेको गुनासोबीच ‘भ्वाइस अफ नेपाल’को सातौं सिजनको पहिलो एपिसोडको भ्यूज आफैमा लोभलाग्दो अवश्य हो ।

चर्चित भनिएका शोले पछिल्लो समय युट्युबमा केही दिन बितिसक्दा पनि २–३ लाख भ्यूज पाएको देखिन्छ । फिनाले र अन्य महत्वपूर्ण एपिसोडलाई छाड्ने हो भने ओपनिङमै यत्तिको भ्यूज पाउनु अवश्य पनि सुखद हो ।

कमेन्ट हेर्दा, अधिकांशले कोचद्वय प्रमोद खरेल र राजु लामाको पुनरागमनलाई रुचाएको देखिन्छ । यी दुई कोच फर्किंदा भ्यूज संख्यामा पनि उछाल आएको दर्शकको टिप्पणी छ ।

सातौैं सिजनमा प्रमोद र राजुसहित मेलिना राई र खेम सेन्चुरी कोचको रुपमा छन् । यी चारैजना कोचबीच यो सिजनमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । जसको छनक पहिलो एपिसोडमै देखिएको छ ।

‘भ्वाइस अफ नेपाल’को सातौं सिजन रहेक शुक्रबार र शनिबार हिमालय टिभी एचडीमा प्रसारण हुन्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More